२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी थुनामा ७ वर्षीया बालिकाको मृत्यु

२८ मंसिर २०७५, शुक्रबार ०७:४२

मङ्सिर २८, वासिङ्टन | संयुक्तराज्य अमेरिकाको थुनामा ग्वाटेमालाकी एक सात वर्षीया बालिकाको मृत्यु भएको स्रोतलाई उद्धृत गर्दै अमेरिकी अखबार दी वासिङ्टन पोस्टले जनाएको छ । न्यू मेक्सिको राज्यमा अमेरिकी सीमा प्रहरीले पक्राउ गरेकी ती बालिकाको प्रहरी थुनामै मृत्यु भएको हो । 

मेक्सिकोबाट बाबु र अरु दर्जनौं व्यक्तिसँगै गैरकानुनी रुपमा अमेरिका प्रवेश गरेकी ती बालिकाको शरीरमा पानीको मात्रा कम हुने समस्याबाट मृत्यु भएको अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकायले जनाएको छ । 

उक्त निकायले ती बालिकाले धेरै दिनदेखि केही नखाएको र पानी समेत नपिएको बताएको छ । पक्राउ परेलगत्तै त्रसित मुद्रामा देखिएकी ती बालिकामा एकाएक काँप्ने समस्या देखिएको, र उपचारका लागि स्थानीय अस्पतालमा पुर्याए लगत्तै मृत्यु भएको सीमा सुरक्षा निकायले जनाएको छ । 

राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोबाट अमेरिका प्रवेश गर्न खोज्ने व्यक्तिलाई अवैध आप्रवासीको संज्ञा दिँदै उनीहरुलाई अमेरिका प्रवेश गरेमा पक्राउ गरी फर्काइदिने चेतावनी दिनुभएको छ । उहाँले हजारौं अमेरिकी सुरक्षा फौजलाई मेक्सिकोसँगको सीमामा तैनाथ गर्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य