२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकता प्रक्रिया: तयार भयो ४२ पेजको अन्तरिम राजनीतिक प्रतिवेदन

२०७४, १६ चैत्र शुक्रबार ०२:५६

चैत १६, काठमाडौं | एमाले र माओवादी एकताका लागि गठित अन्तरिम राजनीतिक प्रतिवेदनसम्बन्धी कार्यदलले ४२ पृष्ठको अन्तरिम राजनीतिक प्रतिवेदनलाई अन्तिम रूप दिएको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ ।

बिहीबार अबेरसम्म शंखमूलस्थित एक अपार्टमेन्टमा बसेको कार्यदलको बैठकले अन्तरिम राजनीतिक प्रतिवेदनलाई अन्तिम रूप दिएको हो । प्रतिवेदनलाई पार्टी एकता संयोजन समितिको बैठकमा बुझाइने एमाले नेता सुवास नेम्वाङले बताए ।

कार्यदलले एकता महाधिवेशन अघिसम्मका लागि मार्गदर्शक सिद्धान्त, एकीकृत पार्टीको राजनीतिक कार्यदिशा, रणनीतिक लक्ष्यलगायत मूलभूत विषय टुंगो लगाएको छ । अन्तरिम मार्गदर्शक सिद्धान्तका रूपमा माक्र्सवाद–लेनिनवाद अपनाउने, जनताको बहुदलीय जनवाद तथा माओवाद र एक्काइसौँ शताब्दीको जनवादलाई एकता महाधिवेशनबाट टुंगो लगाउने कार्यदलमा सहमति भएको छ ।

त्यस्तै, संविधानको प्रस्तावना अनुसार समाजवादको आधार तयार गर्ने गरी राजनीतिक कार्यदिशा अपनाउने, जनआन्दोलन, जनक्रान्ति र जनयुद्धले गरेका परिवर्तनलाई प्राप्त उपलब्धिका रूपमा स्वीकार गर्ने पनि अन्तरिम राजनीतिक प्रतिवेदनमा सहमति भएको छ ।

कार्यदलमा एमाले नेता माधवकुमार नेपाल संयोजक छन् । त्यस्तै, सदस्यहरूमा एमालेबाट भीमबहादुर रावल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली र रघुजी पन्त छन् भने माओवादीबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, शक्ति बस्नेत, देवेन्द्र पौडेल र फम्फा भुसाल छन् । अन्तरिम राजनीतिक प्रतिवेदनमा पृष्ठभूमि, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको समीक्षा, अबको कार्यभार र कार्यदिशा, समाजवादसम्म पुग्ने बाटोलगायत विषय समेटिएका छन् । प्रतिवेदनमा जनताको बहुदलीय जनवादका विशेषता उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो