२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल आइसिसीको एकदिवसीय बरियतामा

२०७५, १५ माघ मंगलवार ०६:०६

माघ १५, काठमाडौँ | नेपाल पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को एकदिवसीय क्रिकेटको बरियतामा समावेश भएको छ । 

दोस्रो एक दिवसीय सिरिज जितेसँगै आइसिसीले नेपाललाई बरियतामा समावेश गरेको हो । युएइमा जारी सिरिज घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएइ) विरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा २–१ को जित निकालेपछि नेपाल आइसिसीको बरियतामा परेको हो । 

सोमबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा युएइलाई चार विकेटले हराउँदै नेपालले नेपालले पहिलो पटक एकदिवसीय क्रिकेट सिरिज जितेको हो । युएइविरुद्धको सिरिज जितेपछि नेपालले बरियताको १५औँ स्थान हासिल गरेको छ । आइसिसीबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि ६ खेल खेलेको नेपालले १५२ अङ्क पाएको आइसिसीले जनाएको छ । युएई भने २६३ अङ्कका साथ १४औँ स्थानमा छ । 

बरियताको शीर्ष स्थानमा इङ्ग्ल्याण्ड, दोस्रोमा भारत र तेस्रोमा स्थानमा न्यूजील्याण्ड छन् । त्यस्तै दक्षिण अफ्रिका चौथो, पाकिस्तान पाँचौँ, अष्ट्रेलिया छैटौँ, बङ्गलादेश सातौँ, श्रीलङ्क आठौँ, वेष्टइन्डिज नवौँ, अफगानिस्तान १०औँ, जिम्बावे ११औँ, आयरल्याण्ड १२औँ र स्कटल्याण्ड १३औँ स्थानमा छन् । नेपालले डेब्यू एकदिवसीय सिरिज भने नेदरल्याण्डसँग १–१ को बराबरी खेलेको थियो । नेपालले गत मार्चबाट चार वर्षका लागि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति