२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शेयर बजार लगातार ओरालोतर्फ

२०७५, १२ फाल्गुन आईतवार १०:१८

फागुन १२, काठमाडौँ (रासस) | लगातार ओरालो लाग्दै आएको शेयर बजारमा आज पनि शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १०.७५ विन्दुले घटेर एक हजार १०२.३२ विन्दुमा पुगेको छ । 

यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.४२ विन्दुले घटेर २३४.१८ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १६६ कम्पनीको छ लाख ९८ हजार ५४२ कित्ता शेयर रु २० करोड ९९ लाख ९७ हजार ५६९ बराबरको खरीद बिक्री भएको छ । कारोवार भएका कूल दश उपसमूह मध्ये आज उत्पादन उपसमूहको मात्रै शेयर बढेको छ । सो उपसमूहको शेयर ३३.२ विन्दुले बढेको छ ।

बैंकिङ ९.०१, होटल १९.१३, विकास बैंक ५.२६, जलविद्युत् ९.३२, वित्त ०.६७, निर्जीवन बीमा ६९.२, अन्य १०.९७, लघुवित्त २०.७२ र जीवन बीमा ६१ विन्दुले घटेको छ । 

स्टकका अनुसार युनिलिभर नेपाल लिमिटेडका शेयरधनीले ४.०३ प्रतिशतले कमाएका छन् । यस्तै एक्सल डेभलपमेन्ट बैंक ३.९९, एनएमबी हाइब्रिड फण्ड ३.२१, साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका शेयरधनीले २.११ प्रतिशतले कमाएका छन् । यस्तै, किसान माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ७.५४ प्रतिशतले गुमाउँदा भार्गव विकास बैंक ६.६६, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था ६.०७, घलेम्दी हाइड्रो लिमिटेड ४.८८, वोमी माइक्रोफाइनान्स वित्तीय संस्था ४.३१, ओरेण्टल होटल लिमिटेड ४.१६, खानीखोला हाइड्रो पावर कम्पनीका शेयरधनीले चार प्रतिशतले गुमाएका छन् । 

कारोबारका आधारमा आज एनआइसी एसिया बैंकको रु एक करोड ३७ लाख ३१ हजार २९९, नबिल बैंकको रु एक करोड २३ लाख ८२ हजार, शिखर इन्स्योरेन्स कम्पनीको रु एक करोड तीन लाख ६३ हजार बराबरको कारोवार भएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा