६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शेयर बजार लगातार ओरालोतर्फ

१२ फाल्गुन २०७५, आईतवार १०:१८

फागुन १२, काठमाडौँ (रासस) | लगातार ओरालो लाग्दै आएको शेयर बजारमा आज पनि शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १०.७५ विन्दुले घटेर एक हजार १०२.३२ विन्दुमा पुगेको छ । 

यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.४२ विन्दुले घटेर २३४.१८ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १६६ कम्पनीको छ लाख ९८ हजार ५४२ कित्ता शेयर रु २० करोड ९९ लाख ९७ हजार ५६९ बराबरको खरीद बिक्री भएको छ । कारोवार भएका कूल दश उपसमूह मध्ये आज उत्पादन उपसमूहको मात्रै शेयर बढेको छ । सो उपसमूहको शेयर ३३.२ विन्दुले बढेको छ ।

बैंकिङ ९.०१, होटल १९.१३, विकास बैंक ५.२६, जलविद्युत् ९.३२, वित्त ०.६७, निर्जीवन बीमा ६९.२, अन्य १०.९७, लघुवित्त २०.७२ र जीवन बीमा ६१ विन्दुले घटेको छ । 

स्टकका अनुसार युनिलिभर नेपाल लिमिटेडका शेयरधनीले ४.०३ प्रतिशतले कमाएका छन् । यस्तै एक्सल डेभलपमेन्ट बैंक ३.९९, एनएमबी हाइब्रिड फण्ड ३.२१, साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका शेयरधनीले २.११ प्रतिशतले कमाएका छन् । यस्तै, किसान माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ७.५४ प्रतिशतले गुमाउँदा भार्गव विकास बैंक ६.६६, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था ६.०७, घलेम्दी हाइड्रो लिमिटेड ४.८८, वोमी माइक्रोफाइनान्स वित्तीय संस्था ४.३१, ओरेण्टल होटल लिमिटेड ४.१६, खानीखोला हाइड्रो पावर कम्पनीका शेयरधनीले चार प्रतिशतले गुमाएका छन् । 

कारोबारका आधारमा आज एनआइसी एसिया बैंकको रु एक करोड ३७ लाख ३१ हजार २९९, नबिल बैंकको रु एक करोड २३ लाख ८२ हजार, शिखर इन्स्योरेन्स कम्पनीको रु एक करोड तीन लाख ६३ हजार बराबरको कारोवार भएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या