2026-09-13 03:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मलंगवा नगरपालिकामा जनप्रतिनिधि आएको ८ महिना बितिसक्दा कुनै परिवर्तन भएन

वैशाख २४, मलंगवा | सर्लाही जिल्लाकै सबै भन्दा पहिलो एवं पुरानो नगरपालिका भनेर स्थापित सदरमुकाम मलंगवाका स्थानीयबासीहरुले विकास, निर्माण तथा स्तरोन्नतिको सम्बन्धमा अनेकौ सपनाहरु बुनेका थिए ।भर्खरै सम्पन्न ऐतिहासिक स्थानीय तहको निर्वाचनबाट नगरपालिकाले अभिभावक पनि पायो । तर पनि अहिले यो नगरपालिका बिस्तारै बिस्तारै नरकमा परिणत हुँदै गइरहेकोले मलंगवाबासी मर्माहत भएका छन् । 

मलंगवामा जताततै फोहोर को डंगुर, जाम भइसकेका नाला, जताततै सडकमा खाल्डाखुल्डी र त्यसमा जमेका पानीले भरिभराउ छ । गर्मीको महिना सुरु हुँदा नहुँदै फेरि तराईका केहि जिल्लामा डेंगु रोगको संक्रमण देखापर्न थालेको छ ।मलंगवा पनि डेंगुको उच्च जोखिममा रहेको नगर हो । गतवर्ष सर्लाहीको हरिऔन नगरपालिकामा पन्द्रजनामा डेंगुको संक्रमण प्रमाणित भएको थियो भने मलंगवा नगरपालिका पनि उच्च जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका जनस्वास्थ्य अधिकृत प्रभाकर झाले बताउनु भएको थियो । 

यो गत वर्षको कुरा भएपनि समय र परिस्थिती सबै गत वर्षको भन्दा अरु विकराल भएको छ । लामखुट्टेको टोकाईबाट नगरबासी हैरान भएका छन् । साँझ, बिहान, दिउँसो जुनसुकै समय र स्थानमा लामखुट्टेको टोकाई र आक्रमणबाट वचन मुस्किल परेको छ । तर लामखुट्टेलाई कसरी नियन्त्रण गर्ने ? यस्को टोकाईबाट नगरवासीहरु लाई कसरी सुरक्षित गराउने भन्ने तर्फ स्थानीय सरकार मौन छ ।

जननिर्वाचित जनप्रतिनिधिहरु आएको आठ महिना भइसकेको छ । तर विभिन्न समस्याहरु लिएर नगरपालिका तथा वडा कार्यालयमा पुग्ने गरेकका सेवाग्राही जनताहरुले आफैले जिताएका वडा अध्यक्ष संग अहिलेसम्म आठ पटक पनि भेट्न पाएका छैनन्, स्थानीय एक गैरसरकारी संस्थाकर्मी कुशेश्वर प्रसाद यादवले भन्नुभयो ।भेटघाट त परै जावोस् उनीहरूको फोन समेत उठ्दैन , उहाँले थप्नुभयो । मलंगवालाई नमुना नगरपालिका बनाइने, स्मार्ट सिटीमा परिणत गरिने भन्ने भाषण जनप्रतिनिधिहरुको भाषणमा बेलाबेलामा सुनिन्छ ।कस्तोखालको नमुना बन्दैछ मलंगवा, यी सब नगरबासीहरु बिच हुने बिहान बेलुकाको चिया गफ भएको छ।

आफुले भोट दिएर जिताएका आफ्ना जनप्रतिनिधिसंग भेट गर्न पाउने कि नपाउने ? भेट गर्न कहाँ सम्पर्क गर्ने ? फोन किन उठ्दैन ? नगरपालिकाको पैसाले किनेको सिम र मासिक फोन कै लागि नगरसभाबाट अनुमोदन समेत गरिएको खर्च केका लागि हो, फोन नै उठ्दैन भने ? अब यि सबै प्रश्नहरुको जवाफ जनताले माग्ने छ ती नेताहरु संग समाजसेवी रामहरि खडकाले भने । कर्मचारीकाे उपस्थिति नगरपालिकामा किन सुन्य छ ? चुनाबमा देखिएको बेला देखि दिनदिनै नगरपालिकामा धाउँदा पनि जनताको प्रतिनिधि भनाउँदाहरू लाई देख्न नपाएको धेरै समय भइसकेको जनगुनासो ब्यापक रुपमा बढिरहेको उहाँले बताउनुभयो । नागरिक समाजका अगुवा राधेश्याम साह “मलंगवा लगायत जिल्लाका सबैजसो स्थानीय तहका जनप्रतिधिहरुले चालु आर्थिक वर्षको अन्त अन्तमा आएर समेत कुनैपनि किसिमको उपलब्धि मुलक कार्य सम्पादन गरेर देखाउन नसकेको “बताउनुहुन्छ । 

२० वर्ष पहिला मलंगवा नगरपालिकाको अवस्था जस्तो थियो उस्तै छ ।जनप्रतिनिधि पाइसके पनि अवस्था बदलिएको छैन । जल निकासीको उचित व्यवस्थापन नहुँदा सानो पानी पर्दा पनि नगर जलमग्न हुने गर्छ, स्थानीय एक मेडिकल स्टोर्सका संचालक शुसिल अग्रवालले बताउनुभयो । स्थानीय तहको चुनाव हुनुभन्दा पहिले देखि नै बनाउन सुरु गरिएको नालको निर्माणकार्य हालसम्म अधुरै भएकोले लामखुट्टेको बृद्धिहुन सजिलो भएको छ, तर मेयरले साहबल कुनै वास्ता नगरेको उहाँले बताउनुभयो । यस बारेमा मलंगवा नगरपालिकाका मेयर निरसाल साह संग कुरा गर्दा अबको १५ दिन भित्र नगरमा लामखुट्टेको औषधी छर्किने र विकास निर्माणको कामले समेत अब तिब्रता पाउने बताउनु भयो । मेयर साहले जेसुकै दावी गरेपनि नगरपालिकामा जनप्रतिनिधि आएको ८ महिना बिती सक्दा पनि कुनै किसिमको परिवर्तन नभएको आमजनताहरुको गुनासो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन