पण्डितको निधनमा शोक प्रस्ताव पारित

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

<p>फागुन २३, काठमाडौँ | प्रतिनिधिसभाको आजको दोस्रो बैठकले पूर्वसांसद गणेश पण्डितको निधनप्रति शोक प्रकट गर्दै ‘शोक प्रस्ताव’ पारित गरेको छ । सभामुख कृष्णबहादुर महराले प्रस्तुत गरेको उक्त प्रस्तावलाई बैठकको सर्वसम्मतिले पारित गरेको हो । विसं २०४८ मा तत्कालीन नेकपा(एमाले)का तर्फबाट नुवाकोट क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित तथा कम्युनिष्ट आन्दोलनका योद्धा पण्डितको उपचारका क्रममा यही फागुन २१ गते ७२ वर्षका उमेरमा निधन भएको हो ।&nbsp;<br></p><p>त्यसअघि उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले ‘विशेष आर्थिक क्षेत्र(पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७५’ बैठकमा पेश गर्नुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही फागुन २६ गते मध्याह्न १२ बजे बस्नेछ । रासस</p>

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply