२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गोलि हानि सेना प्रमुखको हत्या

२०७६, ८ असार आईतवार ११:०९

असार ८,आदिस ( एजेन्सी ) |  इथियोपियाका प्रधान सेनापतिको गोली हानी हत्या भएको इथियोपियाका प्रधानमन्त्री अबिय अहमदले बताउनुभएको छ ।टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री अहमदले अम्हारा राज्यमा भएको असफल सैनिक सत्ता विद्रोहलाई भने सरकारले बिफल बनाएको जानकारी दिनुभयो ।

सैनिक पोशाकमा टेलिभिजनसामु देखिनु भएका प्रधानमन्त्री अहमदले सेनापति सियर मेकोनेनको उनकै अंगरक्षकले गोली हानी हत्या गरेको जानकारी दिनुभयो । उक्त गोलीकाण्डमा अम्हारा राज्यका अध्यक्ष अम्बाचे मेकोन्नेन र अरु केही उच्च अधिकारीहरुको हत्या भएको छ ।अम्हाराका सुरक्षा प्रमुखको नेतृत्वमा सैन्य विद्रोह भएको प्रारम्भिक विवरणमा उल्लेख छ ।

सैनिक विद्रोह भएका कारण इथियोपियाको इन्टरनेट सेवा देशैभर बन्द गरिएको छ । घटनाको विस्तृत विवरण अझै प्राप्त भइसकेको छैन ।संयुक्तराज्य अमेरिकाको दूतावासले राजधानी आदिस अबाबाका विभिन्न भागमा गोली चलेको जनाएको छ । 

प्रधानमन्त्रीको कार्यालयले पनि इथियोपियाको दोस्रो ठूलो शहर अम्हारामा सैनिक विद्रोह भएको घोषणा गरेको थियो । मुलुकका नौ वटा स्वायत्त क्षेत्रमध्ये अम्हारा दोस्रो ठूलो रहनुका साथै यसको सीमा सुडानसँग जोडिएको छ ।

आक्रमणमा जिम्मेवार पक्षका बारेमा थाहा भइनसकेको पनि प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । इथियोपियालाई स्थायित्व दिने र सुधारतर्फ अग्रसर गराउने प्रधानमन्त्री अहमदको योजनामा पछिल्लो घटनाले ठूलो चोट पु¥याएको छ ।

प्रधानमन्त्री कार्यालयको वक्तव्यमा अम्हारामा भएको सैनिक विद्रो असंवैधानिक रहेको र निकै प्रयत्नबाट हासिल गरिएको शान्तिलाई ध्वस्त पार्न खोजिएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै