२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

न्युज-२४ तथा माउन्टेन टिभीमा आवद्ध पत्रकार चितवनमा झुन्डिरहेको अवस्थामा फेला

२०७६, २० श्रावण सोमबार २०:३५

साउन २१, काठमाडौँ | चितवनको पोखरा बसपार्कमा एक व्यक्ति झुन्डिएको अवस्थामा फेला परेका छन् । उनि पत्रकार शालिकराम पुडासैनी भएको उनको साथमा भेटिएको परिचयपत्रबाट खुलेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले माउन्टेन टेलिभिजनको परिचय पत्र र होटलमा टिपाएको नामको आधारमा उनि पत्रकार पुडाशैनि रहेको बताएको हो । 

प्रहरीले झुन्डिएको अवस्थामा रहेको शवसँगै कोठाको खाटमा पर्स फेला पारेको थियो । पर्समा रहेको परिचय पत्र र होटलमा लेखाएको नामको आधारमा पत्रकार पुडासैनीको नुवाकोट स्थित घर-परिवारलाई जानकारी गराएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको परिवार घटना स्थल नआउन्जेलसम्म उनको शव झुन्डिएकै अवस्थामा रहने र यो समाचार तयार पार्दासम्म प्रहरीले घटनास्थल कुरेर बसिरहेको छ । प्रहरीले परिवारका सदस्य आएपछि मात्र उनको शवलाई झुन्डिएको अवस्थाबाट निकाल्ने बताएको छ । 

होटलले प्रहरीलाई दिएको जानकारी अनुसार आज दिउसो करिव ३ बजे काठमाडौँबाट आएका उनले होटल बुकीङ गरेर केही समय होटलको कोठामा बसी केही समयपछि होटलबाट बाहिर गएका थिए, त्यसपछि होटलमा आएका उनले आफूले साधा खाना खाने बताउदै खाना खान आफै तल झर्ने जानकारी दिएर कोठामा गएका थिए । 

होटलले प्रहरीलाई बताए अनुसार जब सोमबार बेलुका ८ बजेसम्म पनि उनि खान खान तल झरेनन्, तब होटलले उनि बसेको कोठामा पुगी उनको ढोका ढकढकाएको थियो । ढोका नखुलेपछि होटलले प्रहरीलाई खबर गर्यो । लगत्तै पुगेको प्रहरीले ढोका तोडेर हेर्दा एक युवा झुन्डिएको अवस्थामा फेला पारेको थियो । घटना स्थलमै रहेका प्रहरीको जानकारी अनुसार कोठाको पंखामा नाइलनको डोरी प्रयोग गरि पासो लगाएको अवस्थामा उनलाई प्झुरहरीले फेला पारेको थियो । 

अहिले घटना स्थल प्रहरीको नियन्त्रणमा रहेको र उनको परिवार आएपछि पासो काटेर थप अनुसन्धानको काम अगाडी बढाउने चितवन प्रहरीले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु