2026-07-25 12:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एजेन्टले हातैमा नगद दिनुपर्छ भन्यो, ‘म्यानपावरमा सोझै जाँदा भित्र छिर्नै दिंदैन’ अब के गरूँ ?

मंसिर १६, काठमाडौं । बैदेशिक रोजगारीका क्रममा आवश्यक सूचना समयमै नपाउंदा युवाहरु ठगिने क्रम बढ्दै गएको पाइएको छ । गत आर्थिक बर्षमा मात्र २ सय ९ वटा व्यक्तिगत ठगीका मुद्दा अदालतमा दायर गरी रु २२ करोड ५७ लाख वीगो दाबी गरिएको विभागका महानिर्देशक डा. भीष्म कुमार भुसालले जानकारी दिए । चालू आर्थिक बर्षको प्रथम चार महिनामा व्यक्तिगत ठगीतर्फ ९८ मुद्दा दायर भै रु ११ करोड वराबरको बीगो दाबी गरिएको उनले बताए । 

त्यसैगरी संस्थागत ठगी नियन्त्रण तर्फ गत आर्थिक बर्षमा ४ सय २९ उजुरीउपर छानबीन गरी ९ करोड ५९ लाख ३३ हजार क्षतिपूर्ति भराइएको तथा ८७ लाख ५० हजार जरिवाना गरिएकोमा चालू आर्थिक बर्षको ४ महिनाको अवधिमा २ सय ३३ वटा उजुरी फरफारक गरी ३ करोड ४३ लाख क्षतिपूर्ति भराउनुका साथै कानून विपरित कार्य गर्ने इजाजत पत्रवालालाई ४४ लाख ५० हजार जरिवाना गराइएको भुसालले बताए ।

वैदेशिक रोजगारी ठगी : दोष सरकारको कि आफ्नै ? 

विभागका महानिर्देशक भुसालले वैदेशिक रोजगारी ठगी सम्बन्धी केही प्रतिनिधि उजुरीहरु केलाउंदै लेखे ‘वैदेशिक रोजगारी ठगी सम्बन्धी केही प्रतिनिधि उजुरीहरुः दोष सरकारको कि हाम्रो आफ्नै ? (कृपया बढीभन्दा बढी शेयर गरी सचेतना जगाउन सघाउनु होला।)’ यी त विभागको नेतृत्वमा उनी आएपछि विभागमा आएका केहि प्रतिनिधिमुलक ठगीका उजुरीका विवरण मात्र थिएनन्, बरु बैदेशिक रोजगारीमा सुचनाको पहुँच कहाँ छ भनेर देखाउने प्रतिनिधि मुलक घटना पनि हुन् ।  

पछिल्ला उजुरी कस्ता कस्ता छन् ?

विभागमा पछिल्ला दिनमा अमेरिका लैजान्छु भन्दै २६ लाख लिने, क्यानडाका नाममा २१ लाख, अष्ट्रेलियाका नाममा १६ लाख, स्पेन लैजान भन्दै ४ लाख र पोर्चुगल लैजाने भन्दै १२ लाखसम्म उठाएर गरिएका ठगीको विवरण आएको भुसाल बताउँछन् । पछिल्लो दिनमा अर्मेनिया पठाउँछु भनेर ठगिएकाहरुको निकै उजुरी विभागमा प्राप्त भएको भुसाल बताए । अर्मेनिया पठाउँछु भनेर ५ लाख ४५ हजार लियो, पैसा फर्काउँदैन जे सक्छस् गर् भन्छ। नगदै दिएको, के गर्ने ? प्रतिनिधिमुलक उजुरीको उदाहरण दिंदै भुसालले भने ‘म्यानपावरले २२ सय मासिक रियालमा भनेर पठायो, उता गएर ७०० मात्रै पाइएको छ, फर्काउनु पर्यो।’ 

विभागमा आएको एक गुनासोलाई लिंदै भुसालले भने ‘म्यानपावर मार्फत बहराइन जान लागेको। तर एजेन्टले पैसा हातैमा नगद दिनुपर्छ भनेको छ। म्यानपावरमा सोझै जाँदा भित्र छिर्नै दिंदैन।’ सरकारले एजेन्ट व्यवस्था हटाइसकेपछि पनि अझैपनि म्यानपावर कम्पनीहरुले एजेन्ट मार्फत नै कामदार लिंदै आएको विभागको बुझाइ छ।  

पोल्याण्ड जानको लागि भनेर ३ लाख लियो, पठाउन सकेन,विभागमा उजुरी दिन जान्छु भनेको ‘नजाउ, म पैसा फिर्ता दिन्छु भनेर चेक दियो। तर जतिपटक साट्न जाँदा पनि चेक साटिन्न।’ विभागमा आएको अर्को उजुरीलाई लिंदै भुसालाले भने । पछिल्लो समय खाडी मुलुक बाहेक युरोपियन देश पठाउने भन्दै ठगी गरेका उजुरी बढेको विभागको ठहर छ ।

स्पेन, चेक रिपब्लिक, अमेरिका लैजाने भन्दै ४ लाख २६ लाखसम्म ठगिएका उजुरीहरु आउनेक्रम बढेको भुसालले बताए । यी विभागमा आएका उजुरी हुन् भुसालले भने ‘दक्षिण अफ्रिका लैजान्छु भनेर ६ लाख दिएको। पैसा बुझेपछि एजेन्टको स्वीच अफ छ। फेसबुकमा विज्ञापन देखेर सम्पर्क गरियो। अब के गर्ने ?’, ‘मकाउ लान्छु भनेर ७ लाख ६० हजार लियो। पैसा फिर्ता पनि गर्दै, लैजान पनि सकेन ।’ 

युवाले किन सूचना पाउँदैनन् ?

बैदेशिक रोजगार वोर्डले सूचना प्रवाहका लागि वार्षिक लाखौँ रकम खर्च गर्दै आएको छ । लाखौं खर्च गरेर गरिने प्रचारको प्रभावकारिता भने खासै परेको देखिंदैन । वोर्डले विदेश जाने कामदारको लागि प्रति कामदार १५ सय रकम लिंदै आएको छ । वोर्डले उक्त रकम श्रमिकको हितकै लागि विभिन्न शीर्षकमा खर्च गर्दै आएको छ तर वोर्डले सूचना प्रवाहमा गरेको खर्चको प्रभावकारिता व्यवहारिक रुपमा भने देखिएको छैन । वैदेशिक रोजगारका लागि लक्षित गरि तेश्रो चरणको ‘सुरक्षित आप्रवासन’ परियोजना नाममा २ अर्ब ३८ करोड रकम खर्च गरिंदैछ। सरकारी निकायबाट नै हुने यस्ता खर्चको सार्थकता लक्षित वर्ग सम्म नै नपुग्ने गरेको स्वयं युवाहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक