२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपप्रधानमन्त्री पोखरेल ‘दुबई एयर–शो’ मा सहभागी

२०७६, २ मंसिर सोमबार १५:३३

मङ्सिर २, काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल ‘दुबई एयर–शो’ को उद्घाटन समारोहमा सहभागी हुनुभएको छ । संयुक्त अरब इमिरेटस्का प्रधानमन्त्री तथा रक्षामन्त्री मोहम्मद बिन रसिदको औपचारिक निमन्त्रणामा उहाँ गत कात्तिक ३० गते युएई जानुभएको थियो ।

‘एअर–शो’को पहिलो दिन आइतबार भएको उद्घाटन समारोह तथा मुख्य प्रदर्शनीमा उपप्रधानमन्त्री पोखरेलले आतिथ्यता गर्नुभएको अबुदाबीस्थित नेपाली राजदूताबासले विज्ञप्तिमार्फत जनाएको छ ।उद्घाटन शत्रपछि शेख, राजकुमार, दुबई व्यापारिक समाजका नेतृत्व तथा युएई सरकारका उच्च अधिकारीसँग दिवाभोज बैठक भएको थियो । त्यस क्रममा उहाँहरुबीच आपसी हितका वृहत्तर विषयमा छलफल भएको थियो । 

उपप्रधानमन्त्री पोखरेलले नेपालमा पूर्वाधार विकास, पर्यटन, ऊर्जा, कृषिलगायत क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको थियो । युएईका प्रधानमन्त्रीले नेपालमा लगानी गर्ने इच्छा व्यक्त गर्दै आगामी दिनमा नेपालमा लगानीका अवसर खोज्नका लागि युएईबाट प्रतिनिधि पठाउन तयार रहेको बताउनुभएको थियो ।

उहाँहरुबीच सैन्य सहयोग र सहकार्यका विविध विषयमा छलफल भएको थियो । नेपाली श्रमिकको कामप्रति युएईका प्रधानमन्त्रीले प्रशंसा पनि गर्नुभएको थियो । सो अवसरमा उपप्रधानमन्त्री पोखरेलले युएइका प्रधानमन्त्रीलाई नेपाल भ्रमण वर्ष २०२० मा सहभागिताका लागि विशेष निमन्त्रणा दिनुभएको थियो । उद्घाटन शत्रका क्रममा उपप्रधानमन्त्री पोखरेलले बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनासँग छुट्टै भेटवार्ता गर्दै दुई देशबीचको सम्बन्धका विषयमा कुराकानी गर्नुभएको थियो ।  

उपप्रधानमन्त्री पोखरेल नेपाली दूतावास आबुधाबी र नेपाली विजनेस काउन्सिल दुबईको संयुक्त आयोजनामा आज नेपाली तथा विभिन्न देशका व्यवसायी एवं लगानीकर्तासँग ‘नेपालमा लगानीका सम्भावना’ सम्बन्धमा विशेष छलफल गर्नुभएको जनाइएको छ । सन् १९८६ देखि युएईले ‘दुबई एअर शो’ को आयोजना गर्दै आएको छ । विभिन्न देशले एअर शोलाई शक्ति प्रदर्शनका रुपमा समेत लिने गरेका छन् । यस प्रदर्शनीमा नेपाल पहिलो पटक उच्चस्तरीय नेतृत्वसहित सहभागी भएको हो । उपप्रधानमन्त्री पोखरेल यही मङ्सिर ४ गते स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा