साउन ३०, चितवन । शिक्षा, अनुसन्धान र प्रसारको उद्देश्यका साथ स्थापना भएको कृषि तथा वन विज्ञान विश्वविद्यालय निरन्तर आन्दोलनका कारण धरासायी बन्दै गएको छ । 

गत वर्ष भदौमा उपकुलपतिमा प्राडा ईश्वरीप्रसाद ढक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३०, चितवन । शिक्षा, अनुसन्धान र प्रसारको उद्देश्यका साथ स्थापना भएको कृषि तथा वन विज्ञान विश्वविद्यालय निरन्तर आन्दोलनका कारण धरासायी बन्दै गएको छ । 

गत वर्ष भदौमा उपकुलपतिमा प्राडा ईश्वरीप्रसाद ढक"/>

2026-08-30 01:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

कृषि विश्वविद्यालय अस्तव्यस्त

साउन ३०, चितवन । शिक्षा, अनुसन्धान र प्रसारको उद्देश्यका साथ स्थापना भएको कृषि तथा वन विज्ञान विश्वविद्यालय निरन्तर आन्दोलनका कारण धरासायी बन्दै गएको छ । 

गत वर्ष भदौमा उपकुलपतिमा प्राडा ईश्वरीप्रसाद ढकाल नियुक्त भएसँगै एमाले निकट प्राध्यापकले एक महिना केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका थिए । तालाबन्दी खुल्ने र पुनः लगाउने क्रम जारी छ । यस अवधिमा नेपाल विद्यार्थी सङ्घ, प्राध्यापक सङ्घ र कर्मचारीले पटक÷पटक तालाबन्दी गरिरहेका छन् । नेविसङ्घले मात्रै दुई पटक गरेर तीन महिना तालाबन्दी गरेको उपकुलपति ढकालले बताउनुभयो । 

“एक वर्षको अवधिमा आधा समय तालाबीन्दीमै बितेको छ,” उहाँले भन्नुभयो । केन्द्रीय कार्यालय र सेवा आयोगको कार्यालयमा नेपाली काँग्रेस निकटका प्राध्यापक र कर्मचारीले तालाबन्दी गरेका छन् । त्यस्तै विप्लव नेतृत्वको नेकपा (माओवादी) निकट कर्मचारीले साउन २५ गतेबाट तालामाथि ताला थपेका छन् । त्यस्तै स्नातकोत्तर अध्ययनरत विद्यार्थीले तीन बुँदे माग राखेर गत शुक्रबारबाट अनिश्चितकालिन पठनपाठन बन्द गराएका छन् । 

विश्वविद्यालयमा प्राध्यापक, कर्मचारी र विद्यार्थीका फरक÷फरक मागका कारण भएका तालाबन्दी र पठनपाठन अवरुद्धका कारण विश्वविद्यालय अस्तव्यस्त बन्दै गएको छ । नेकाली काँग्रेस निकट प्रजातान्त्रवादी प्राध्यापक सङ्घका सचिव मुकेश सिंह रजिष्ट्रार र सेवा आयोगका अध्यक्ष बनाएर अस्तव्यस्त बनाउने नियतमा विश्वविद्यालय प्रशासन लागेपछि आन्दोलित हुनुपरेको बताउनुहुन्छ । झोलामा रहेको विश्वविद्यालयलाई स्थापना गर्नुभएका पूर्व उपकुलपति प्रा कैलाशनाथ प्याकुरेलको कार्यकाल सक्किएसँगै विश्वविद्यालयभित्र बेथिति बढेर अस्पव्यस्त बनेको सिंहको आरोप छ ।

स्नातकोत्तर अध्ययनरत मुक्ति भण्डारी पढाउने समयमा प्राध्यापक, कर्मचारी नहुने, बेथिति बढेको, विकास रकम पारदर्शी नभएकाले आफूहरुले आन्दोलन थालेको बताउनुहुन्छ । स्नातकोत्तर विद्यार्थीहरुले विद्युतीय हाजिरी व्यवस्था गर्नुपर्ने, विश्वविद्यालयको विकास रकम पारदर्शी गराउनुपर्ने र अनुसन्धानमा आएको रकम समान रुपमा बाँडफाँड गर्नुपर्ने माग गर्दै आएका छन् । 

विश्वविद्यालयका उपकुलपति प्राडा ढकाल विभिन्न माग राखेर आन्दोलन गर्नेहरुसँग वार्ताको प्रक्रिया भइरहेको बताउनुहुन्छ । यस्ता माग रजिष्टारले सम्बोधन गर्नुपर्ने भए पनि हुननसक्दा समस्या आएको र आन्दोलन तथा हडतालका कारण काम गर्ने अवस्था नरहेको उहाँको भनाइ छ । 

विश्वविद्यालयका निवर्तमान उपकुलपति प्रा कैलाशनाथ प्याकुरेल आस्थालाई लिएर काम गर्दा पार्टी र व्यक्तिलाई फाइदा भए पनि विश्वविद्यालयलाई फाइदा नहुने बताउनुहुन्छ । विश्वविद्यालयले सुझाव र रायका लागि आफूहरुसँग समन्वय नगरेको र सबैसँग समन्वय गरेर काम गर्न उहाँले सुझाव दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने