२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सनसिटीमा रहेका २९८ मा कोभिड–१९ को सङ्क्रमण देखिएन

२०७७, ३ बैशाख बुधबार १२:३६

शरद शर्मा, वैशाख ३, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा रहेका २९८ जनाको परीक्षण गरेकोमा कसैमा पनि कोभिड–१९ को सङ्क्रमण नभेटिएको जनाएको छ । 

आज  मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका  प्रवक्ता डा विकास देवकोटाले अपार्टमेन्टमा बसेका दुईजनामा मङ्गलबार सङ्क्रमण देखिएपछि त्यहाँ अन्यलाई परीक्षण गर्दा सङ्क्रमण नभेटिएको जानकारी दिनुभयो । बेलायतबाट आई अपार्टमेन्टमा बसेका दुईजनामा कोभिड–१९ को सङ्क्रमण देखिएको थियो । उहाँले ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी)मा पोजेटिभ देखिएका एकजनाको रियल टाइम पोलिमरेज चेन्ज रियाक्शन (पिसिआर) परीक्षण गर्दा सङ्क्रमण नदेखिएको स्पष्ट पार्नुभयो । 

प्रवक्ता डा देवकोटाले आरडिटी विधिबाट १४ जिल्लाबाहेक सबैमा शुरु गरिएको बताउनुभयो । उहाँका अनुसार प्रदेश नं १ मा सात, २ मा तीन, गण्डकी प्रदेशमा एक, ५ मा एक र कर्णाली प्रदेशमा दुई जिल्लाबाहेक सबैमा आरडिटी विधिबाट परीक्षण शुरु गरिएको  छ । अहिलेसम्म १५ हजार आठ सयजनामा दुवै विधिबाट नमूना परीक्षण गरिएको बताउनुभयो । 

यसैगरी पाँच हजार ६१४ क्वारेन्टाइन र ११७ जना आइसोलेशनमा रहेका छन् । मोबाइल एपबाट स्वयं मूल्याङ्कन गर्दा १३ जना रेड जोनमा परेको उहाँको भनाइ रहेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले १५ वटा समूह बनाएर सङ्क्रमितको नजीक रहेकाको परीक्षण गरिरहेको बताउनुभयो । 

सोही समूहले नै सङ्क्रमित व्यक्तिका नजीक रहेका व्यक्तिको कन्ट्याक ट्रेसिङ नाम, ठेगाना, यात्राको विवरण लिने उहाँले बताउनुभयो । “समूहबाट नै सङ्क्रमित रहेका नजीकका आफन्त, नातेदार र साथीभाइको कन्ट्रयाक ट्रेसिङ गरिरहेका छाँ”, उहाँले भन्नुभयो, “नजीक रहेकाको स्वाब लिने र अलि टाढा रहेकाको रगतबाट परीक्षण गरेका छौँ ।”

उहाँका अनुसार बाहिरबाट आएका मानिसको प्लेन चढेको ठाउँको दुई सिटसम्म अगाडि र पछाडि रहेका व्यक्तिमा पनि ट्रेसिङ गरेर परीक्षण गरिएको छ । उहाँले पिसिआरले १४ दिनभित्र सङ्क्रमणको भए/नभएको पत्ता लगाउने र त्यसपछिको अवधिको परीक्षण आरडिटीले गरिने जानकारी दिनुभयो । उहाँले १४ दिनपछि आरडिटीबाट गरिएको परीक्षणमा पोजेटिभ देखिए अन्यलाई सर्ने सम्भावना कम रहने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु