३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा १,८२,९९० कोभिड–१९ संक्रमित, निको हुनेको दर ४७.७६ प्रतिशत

१८ जेष्ठ २०७७, आईतवार १३:४५

नयाँ दिल्ली, १८ जेठ (रासस/एएनआई) | भारतमा कोरोनाभाइरस सङ्क्रमण निको भइ घर फर्किन वा भारतबाट अन्य मुलुक गएका व्यक्तिको सङ्ख्या ८६ हजार ९८३ पुगेको संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी गराएको छ । 

भारतमा आइतबारसम्ममा एक लाख ८२ हजार ९९० जना सङ्क्रमित भएका छन् ।

मन्त्रालयको तथ्याङ्क अनुसार कूल सङ्क्रमितमध्ये ४७.७६ प्रतिशत व्यक्ति उपचारपछि निको भइ घर फर्किएका वा भारतबाट अन्य मुलुक गएका बताइएको छ । 

मन्त्रालयद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ, “विगत २४ घण्टामा चार हजार ६१४ व्यक्ति निको भई घर फर्किएका वा यहाँबाट अन्य मुलुक गएका छन् । योसँगै कूल निको हुनेको सङ्ख्या ८६ हजार ९८३ पुगेको छ अर्थात् ४७.७६ प्रतिशत सङ्क्रमित व्यक्ति निको भएर घर फर्किएका छन् ।” 

हाल चिकित्सकको निगरानीमा रहेर उपचार गराइरहेका व्यक्तिको सङ्ख्या ८९ हजार ९९५ रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । 

विभिन्न चरणमा पूर्व भावनात्मक र रोग निधानका लागि सक्रियता देखाई सङ्क्रमण नियन्त्रण, रोकथाम र व्यवस्थापनलाई अघि बढाएकोले अन्य ठूला मुलुकको तुलनामा भारतमा सङ्क्रमण फैलिने क्रम सुस्त रहेको दावी भारत सरकारले गरेको छ । 

भारतमा प्रति १० लाख जनसङ्ख्यामा १३३ जना सङ्क्रमित रहेको र चार जनाको मृत्यु भएको सरकारको तथ्याङ्कबाट पुष्टि भएको छ ।

यहाँ अहिलेसम्म ३७ लाख ३७ हजार २७ व्यक्तिको कोभिड–१९ सङ्क्रमण परीक्षण भएको छ । परीक्षण भएका व्यक्तिको सङ्ख्या प्रति १० लाखमा दुई हजार ७१० हुन आउँछ । 

भारतमा आइतबारसम्ममा पाँच हजार १६४ सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ भने आठ हजार ९४४ गम्भीर खालका विरामी रहेका मन्त्रालयले जानकारी गराएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट