2026-07-25 06:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा पछिल्लो २४ घण्टामा थप एक लाख ५१ हजारभन्दा बढी सङ्क्रमित

माघ १४, काठमाडौँ | भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख ५१ हजार २०९ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ। हाल भारतमा कोरोना पोजेटिभ दर १५.८८ रहेको जनाइएको छ। यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म चार करोड ६ लाख २२ हजार भन्दा बढी सङ्क्रमित भएका छन्।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या २१ लाख ५ हजार ६११ रहेका छन्। गएको २४ घण्टामा भारतमा तीन लाख ४७ हजार ४४३ कोरोनाबाट मुक्त भएका छन्। यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ८० लाख २४ हजार ७७१ जनालाई कोरोना सङ्क्रमण निको  भईसकेको छ।

गत २४ घण्टामा भारतमा कोरोनाको कारण ६२७ जनाको मृत्यु भएको यसैसंगै कोरोना सुरु भएबाट हालसम्म मृत्यु हुनेको संख्या चार लाख ९२ हजार ३२७ पुगेको छ। कोरोना सुरु भएदेखि हालसम्म ७२ करोड ३७ हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ। यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो। सो समयदेखि हालसम्म एक अर्ब ६४ करोड ४४ लाख ७३ हजारभन्दा बढी डोज खोप लगाइएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक