असार ९, काठमाडौँ | उद्योग वाणिज्य महासंघको अधिवेशन २६-२७ साउनमा हुने भएको छ । महासंघको सोमबार बसेको केन्द्रीय कार्य समितिको बैठकले आगामी साधारणसभा तथा अधिवेशनको मिति निर्धारण गरेको हो ।
आइतबार महासंघ पदाधिकारीको बैठकले साउनको अन्तिम साता महासंघको साधारणसभा गर्ने निर्णय गरेको थियो । सोही निर्णयलाई कार्यसमितिको बैंठकले अनुमोदन गर्दै निर्वाचनको मिति निश्चित भएको हो । उक्त अधिवेशन ललितपुरको हेरिटेज गार्डेनमा गरिने समेत निर्णय भएको छ ।
उद्योग वाणिज्य महासंघको विधान अनुसार अधिवेशन चैत अन्तिममै गर्नुपर्ने थियो, तर कोरोना महामारी र लकडाउनका कारण प्रभावित बनेको थियो ।