2026-09-20 04:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीमा जाने नेपालीको आयु आधा मात्रै

असार ९, काठमाडौं । नेपालीको औसत आयु ७०.५ वर्ष छ । तर, वैदेशिक रोजगारीमा जाने नेपाली औसत त्यसको आधा उमेरमा बित्छन् । यसरी अकालमा ज्यान गुमाउनेको संख्या बढ्दो देखिएको छ ।

वैदेशिक रोजगार बोर्डका अनुसार १८ देखि ४० वर्ष उमेरका व्यक्ति काम गर्न विदेश जान्छन् । बर्सेनि ठूलो मात्रामा हुने मृत्यु पनि यही समूहको हो । पछिल्लो एक दशकमा करिब ९ हजार नेपाली कामदारले विदेशमा ज्यान गुमाएको बोर्डले जनाएको छ । उसले श्रम स्वीकृति नलिई विदेश जाने र अन्य भिसामा गएकाको तथ्यांक राख्दैन ।

सरकारले बाध्यात्मक वैदेशिक रोजगारी अन्त्य गर्ने घोषणा गर्यो । तर, स्वदेशमा पर्याप्त रोजगारी सिर्जना गर्न नसक्दा नेपालबाट बर्सेनि ४ लाख ५० हजार कामदार विदेश जान बाध्य छन् । तीमध्ये दैनिक तीन जनाको पार्थिव–शरीर बाकसमा आउने गरेको छ ।

श्रमविज्ञ डा. गणेशमान गुरुङका अनुसार वैदेशिक रोजगारीका क्रममा हुने मृत्युको वास्तविक तथ्य पहिचान हुन सकेको छैन । शव पोस्टमार्टम नगरी पठाइने गरेकाले मृत्युको कारण खुल्न नसकेको हो । स्वदेश ल्याएपछि पनि सरकारले पोस्टमार्टम नगरी आफन्तलाई पार्थिव–शरीर बुझाउने गरेको छ । श्रम सम्झौता हुँदा बिमाबाट पोस्टमार्टम गर्ने व्यवस्था गर्न सके मात्रै पनि मृत्युको तथ्य पत्ता लाग्ने श्रमविज्ञ गुरुङको भनाइ रहेको छ । 

आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो