२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

त्रिभुवन विमानस्थलको भन्सार कार्यालयका कर्मचारीलाई गरगहना परीक्षण तालीम

२०७७, १७ असार बुधबार ०७:२३

असार १७, काठमाडौँ । त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयमा कार्यरत कर्मचारीका लागि सुन, चाँदी, हीरा तथा गरगहना परीक्षणसम्बन्धी तालीम सुरु भएको छ । भन्सार विभाग र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घको संयुक्त आयोजनामा सञ्चालित उक्त तालीममा नौ कर्मचारी सहभागी छन् । यही असार २० गतेसम्म चल्ने सो तालीममा विज्ञबाट सुनचाँदीका गरगहना, बहुमूल्य पत्थर र त्यसको परीक्षणसम्बन्धी प्राविधिक प्रशिक्षण दिइने बताइएको छ ।

सो अवसरमा प्रमुख भन्सार अधिकृत शम्भुप्रसाद मरासिनीले यस्तो कठिन अवस्थामा पनि महासङ्घले प्राविधिक ज्ञान नियामक निकायमा कार्यरत जनशक्तिका लागि उपलब्ध गराउन लागेकामा खुशी व्यक्त गर्दै यसले सरकार र महासङ्घबीचको सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । महासङ्घका अध्यक्ष रमेश महर्जनले आयात–निर्यातसँग सम्बन्धित सरकारी निकायमा सम्बन्धित क्षेत्रको पर्याप्त विज्ञ भइदिएमा वस्तुको उचित मूल्याङ्कन हुने विश्वास व्यक्त गर्दै यसले व्यवसायीलाई सहज हुने बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन