2026-07-25 12:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना संक्रमित मध्ये लक्षणविहीन र सामान्य लक्षण भएकाहरु अबदेखि घरमै आइसोलेसनमा बस्न पाउने

असार २५, काठमाडौं । सरकारले लक्षणविहीन र सामान्य लक्षण भएका कोरोना संक्रमित घरमै आइसोलेसनमा बस्न मिल्ने गरी मापदण्ड जारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कोभिड-१९ संक्रमितहरूको आइसोलेसनसम्बन्धी स्वास्थ्य मापदण्ड २०७७’ जारी गर्दै यस्तो व्यवस्था ल्याएको हो।

मापदण्डको परिच्छेद-दुईको ११ मा संक्रमणको कुनै लक्षण तथा चिन्हहरू नभएका र सामान्य लक्षण तथा चिन्हहरू भएका संक्रमित व्यक्तिहरू आ-आफ्नै घरमा आइसोलेसनमा राख्न र बस्न सक्नेछन् भनिएको छ।त्यसरी संक्रमित घरमै बस्दा निजले पालना गर्नुपर्ने केही नियमहरू मन्त्रालयले सुझाएको छ। घरमा बस्दा प्रकाश आउने र हावा खेल्ने छुट्टै कोठामा बस्नुपर्ने भनिएको छ।

साथै उपचार अवधिभरि बाहिर ननिस्कने र आवश्यक पर्ने सामग्रीहरू परिवारका सदस्यबाट मगाउनुपर्ने सुझाइएको छ। यस्तै संक्रमितले प्रयोग गर्ने भाँडाहरू सफा गर्ने र राम्रोसँग सुकेपछि मात्र पुनः प्रयोग गर्न भनिएको छ।

घरमा संक्रमितले छुट्टै स्नानघर र शौचालय प्रयोग गर्नपर्ने र सामुहिक रुपमा प्रयोग गर्नुपर्ने अवस्था भएमा संक्रमितले प्रयोग गरेपछि डिस्इन्फेक्ट गरेपश्चात मात्र अन्यले प्रयोग गर्ने मापदण्डमा उल्लेख छ। त्यस्तै घरमा ६० वर्षमाथिका सदस्य वा गर्भवती तथा सुत्केरी माहिला छन् भने पनि त्यस्ता व्यक्तिलाई संक्रमितको सम्पर्कबाट टाढा राख्नुपर्ने भनिएको छ।

यस्तै संक्रमितले दैनिक तीनपटक ज्वारो जाँच्ने र त्यसको विवरण राख्नुपर्ने हुन्छ। साथै परिवारका सदस्यले संक्रमितको स्वास्थ्य अवस्थाबारे दिनको कम्तीमा दुईपटक सम्बन्धित स्वास्थ्यकर्मीलाई फोन वा मेसेज मार्फत जानकारी गराउनुपर्ने वा भर्जुअल विधि तथा स्वास्थ्य मन्त्रालयले विकास गरेको मोबाइल एप्लिकेशन मार्फत जानकारी गराउन भनिएको छ।

परिवारको सदस्यले संक्रमित व्यक्तिमा श्वासप्रश्वासमा कठिनाइ भएमा, छाती दुखे वा भारी महशुस भएमा, ओठ तथा अनुहार निलो देखिएमा, होस हराएमा वा अन्य कुनै जटिल अवस्था देखिएमा तुरुन्त स्वास्थ्यकर्मीलाई जानकारी गर्नुपर्नेछ।यसको लागि स्थानीय तहमा खटिएका स्वास्थ्यकर्मीहरूले संक्रमित व्यक्तिहरूको नियमित स्वास्थ्य अवस्थाको विवरण राख्नुपर्ने भनिएको छ।

हरेक स्थानीय तहले घरमा रहेका संक्रमितलाई हेरचाह गर्नको लागि ५० जना संक्रमित बराबर एकजना स्वास्थ्यकर्मीको व्यवस्था गर्नुपर्ने छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक