नेपालबाट चीनले आफ्ना नागरिक स्वदेश लैजाने, चारवटा विशेष उडान हुने

साझासवाल
1 Min Read

असार २४, काठमाडौं । चीनले नेपालमा अलपत्र परेका आफ्ना नागरिक फर्काउनका लागि चारवटा विशेष उडान गर्ने भएको छ । काठमाडौंस्थित चिनियाँ दूतावासले काठमाडौंमा अलपत्र परी स्वदेश फर्किन आवश्यक रहेकाहरुलाई प्राथमिकताका आधारमा फर्काउने तयारी भएको जनाएको छ।

पहिलो उडान काठमाडौंबाट छेन्दुका लागि जुलाई २४ मा हुन लागेको छ। पहिलो प्राथमिकतामा डिसेम्बरसम्म पर्यटन भिसामा नेपाल आएर रोकिएकाहरुलाई राखिएको छ। दूतावासले विच्याट मिनी-प्रोग्रामबाट तथ्यांक संकलन गरिरहेको छ।

दूतावासले ६५ वर्ष माथिका, १२ वर्षसम्मका बालबालिका, गम्भीर रोग भएका बिरामीहरु, अपांगता भएकाहरु, गर्भवती महिला तथा चीनमा आफन्तको मृत्यु भएका तथा गम्भीर विरामी भएका व्यक्तिको आफन्तलाई पहिलो प्राथमिकतामा राखिएको जनाएको छ।

यसरी स्वदेश फर्कन चाहनेहरुले जानु अगाडि तोकिएका अस्पतालबाट कोरोना भाइरसको न्युक्लिक एसिड टेस्टको रिपोर्ट बुझाउनु पर्नेछ। नेगेटिभ नतिजा आएकालाई मात्र स्वदेश फर्काइने दूतावासले जनाएको छ।

स्वदेश फर्किने चिनियाँले हवाई भाडा तथा स्वास्थ्य परीक्षण शुल्क र होम आइसोलेसनको व्यवस्था आफैं गर्नु पर्नेछ। चीन पुगेपछि पनि त्यहाँको स्थानीय निकायबाट परीक्षण गराउनु पर्नेछ।

Share This Article
Leave a Comment

Leave a Reply