By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
7 hours ago
गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
8 hours ago
राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
8 hours ago
मन्त्रिपरिषद् बैठक बस्दै
10 hours ago
आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
13 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
सेयर बजारमा झिनो अंकको सुधार
10 hours ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
14 hours ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
1 day ago
सुनचाँदीको मूल्य घट्यो
2 days ago
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
3 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: घटे डोजरः बढे रोजगार
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > घटे डोजरः बढे रोजगार
अर्थ/विकासकाठमाडौँ - KTM

घटे डोजरः बढे रोजगार

साझासवाल
Last updated: October 29, 2020 9:53 am
साझासवाल
6 Min Read
Share

कात्तिक १३, ओखलढुङ्गा (रासस) | ओखलढुंगाका स्थानीय तहले डोजरको प्रयोग घटाएर स्थानीय युवालाई रोजगारी दिन थालेका छन् । विगतमा विकासनिर्माणका सबैजसो काममा डोजरको प्रयोग हुने गरेको थियो । यस वर्ष डोजरसहितका मेशिनको प्रयोग घटाएर स्थानीय तहले युवाहरुलाई विकासनिर्माणको काममा परिचालन गरेका हुन् ।

कोरोनाको कहरका कारण रोजगारी गुमाएर गाउँ फर्किएका युवालाई आर्थिकोपार्जनको अवसर दिएर दिगो विकासमा सहभागिता बढाउने नीति लिइएको सुनकोशी गाउँपालिकाका अध्यक्ष रुद्रप्रसाद अधिकारीले बताउनुभयो । सडक मर्मत तथा निर्माण र अन्य पूर्वाधार विकासका काममा पनि स्थानीय श्रमशक्तिको अत्यधिक प्रयोग गर्ने र विकल्पका रूपमा मात्र यन्त्र प्रयोग गर्ने गरी काम शुरु भएको अध्यक्ष अधिकारीको भनाइ छ । ‘पहिला गाउँमा काम गर्ने मान्छे थिएनन्, मेशिनको प्रयोग गर्नुको विकल्प थिएन । अहिले युवाहरु गाउँ फर्किएका छन्, उनीहरुलाई रोजगारी दिनुको विकल्प छैन । त्यसैले मानिसले नसक्ने ठाउँमा मात्रै मेशिनको प्रयोग हुन्छ, नत्र सबै काम स्थानीय युवाले गर्नेछन् ।’

अध्यक्ष अधिकारीले विकास  दिगो हुने र  रोजगारीको अवसर पनि सिर्जना हुने भएकाले पालिकाका सबै ठाउँमा हुने विकासका काम स्थानीय मानिसबाटै गर्न थालिएको स्पष्ट गर्नुभयो ।  विकासका काम ठेकेदारमार्फत गर्दा दिगो नभएको भन्ने गुनासोसमेत स्थानीय जनशक्ति प्रयोग गर्दा हट्ने अपेक्षा गरिएको उहाँको भनाइ छ ।

जिल्लाका सबैजसो स्थानीय तहको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा कोरोना महामारीबाट प्रभावित तथा दैनिक श्रम गरेर जीविकोपार्जन गर्ने वर्गको आयआर्जनमा सहयोग पुर्याउन स्थानीय श्रम शक्तिको परिचालनलाई प्राथमिकतामा दिने उल्लेख गरिएको छ ।  खिजीदेम्बा गाउँपालिकाले विकासनिर्माणका आयोजनामा अत्यावश्यक ठाउँमा मात्रै यन्त्र प्रयोग गर्न थालेको छ । विकासका योजनामा ७० प्रतिशत श्रमशक्ति र ३० प्रतिशत यन्त्र प्रयोग गर्ने अवधारणा ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास पौडेलले बताउनुभयो । गाउँपालिकाका वडा तहमा सञ्चालित सडक मर्मत तथा निर्माणका योजनामा स्थानीय श्रमशक्रतिलाई नै प्रयोगमा ल्याइएको छ । बिग्रे भत्केका सडक मर्मत तथा यन्त्र आवश्यक नहुने ठाउँको सडक चौडा पार्ने, साधारण मार्ग खोल्नेलगायत काम अहिले गाउँपालिकाका विभिन्न वडामा स्थानीय युवामार्फत नै भइरहेका छन् ।

खिजीदेम्बा– ४ खिजीकातीमा सडक स्तरोन्नतिका लागि रु १७ लाख बजेट विनियोजन गरिएको छ । उक्त बजेटबाट स्थानीय युवालाई परिचालन गरेर सडक सोलिङको काम थालिएको छ । वडाभित्रका बेरोजगार युवाको तथ्याङ्क संकलन गरी समूहमा विभाजन गरेर विकासका काममा परिचालन गरिएको वडाध्यक्ष कमलप्रसाद न्यौपानेले बताउनुभयो । ‘प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको मोडलमा वडाको बजेटबाट पनि युवालाई रोजगारी दिने र विकासका काममा लगाउने नीतिअनुसार काम भइरहेको छ ।’ वडाध्यक्ष न्यौपानेले भन्नुभयो,‘ गाउँको विकास कसरी कस्तो गर्ने भन्ने पनि चासो र चिन्ता स्थानीयवासीकै रहन्छ । हामी बजेटको व्यवस्थापन गर्छौँ । युवाहरु आफ्नो गाउँ आफैंँ बनाऔंँ भन्ने अभियानमा लाग्नुभएको छ ।’  खिजीकातीमा सांसदको स्थानीय पूर्वाधार साझेदार कार्यक्रमबाट गएको बजेट पनि स्थानीय युवामार्फत नै विकासका काममा खर्च गरिएको छ ।

मोलुङ गाउँपालिकाले बेरोजगार युवा र श्रमिकले रोजगारीका लागि दिएको आवेदनका आधारमा युवा परिचालनको नीति लिएको छ । वडावडामा उपभोक्ता समिति बनाएर स्थानीय श्रमिकमार्फत काम गर्न थालिएको गाउँपालिका अध्यक्ष मणिराज राईले बताउनुभयो । ‘श्रम शक्तिको प्रयोगले सडक निर्माण तथा मर्मतका काम दिगो हुने र पहिरोको जोखिम कम हुन्छ, यसले दिगो विकासमा टेवा पुग्छ ।’ अध्यक्ष राईले भन्नुभयो, ‘गाउँसभाले पास गरेको नीति र कार्यक्रमभित्र रहेर सकेसम्म बढी मानिसले लाभ लिने हिसाबले काम गरिरहेका छौं ।’ स्थानीय श्रमिकमार्फत भएको काम सन्तोषजनक रहेको उहाँको भनाइ छ ।

युवा व्यवस्थापनको विषय चुनावी कार्यसूची बनाएका जनप्रतिनिधिले स्थानीय युवा परिचालनको कामलाई विशेष रुपमा लिएका छन् । यसरी भइरहेको विकासका कामको नियमित अनुगमनसमेत भएको छ  ।  स्थानीय तहमा सडक सामान्य मर्मत तथा अन्य विकासनिर्माणका काममा श्रमशक्तिको उच्चतम प्रयोग हुनु सकारात्मक शुरुआत भएको सरोकारभएकाहरु बताउँछन् । यसले रोजगारी सिर्जना गर्न योगदान पुग्ने, स्थानीयवासीको आयस्रोत बढ्ने र जीवनस्तर माथि उठाउन सहयोग पुग्ने सुनकोशी मिलन समाजका अध्यक्ष जालन्धर कार्की बताउनुहुन्छ । ‘युवाहरु अवसरको खोजिमा भौँतारिएर पलायन हुनुपर्ने अवस्था अझै पनि छ । गाउँमै रोजगारी सिर्जना गरेर विकासका काममा युवा परिचालन गर्नु राम्रो शुरुआत हो’, कार्कीले भन्नुभयो,‘ तर यो दीर्घकालीन योजनासहितको हुनुपर्छ, वर्षमा १५ दिन रोजगारी दिएर मात्रै पुग्दैन ।’ कोरोना संक्रमणको जटिलावस्थामा धेरै युवा शहरबाट गाउँ फर्किएको, कतिले रोजगारी गुमाएको र आर्थिक मन्दीले समस्या परेकाले  स्थानीय तहको नमूना अनुकरणीय हुने सरोकार भएकाहरु बताउँछन् ।

विदेशिने तयारीमा रहेका युवा पनि गाउँमै काम पाएपछि विदेशको सपना त्यागेर गाउँको विकासमा जुटेका छन् । ‘विदेश नगए के गर्ने भन्ने थियो, अहिले गाउँमै सानोतिनो काम मिलिरहेको छ, त्यसैले यतै बस्ने, गाउँमै विकासका काममा जुट्ने भन्नेमा पुगियो’, वाक्साका रवीन तामाङले भन्नुभयो, ‘गाउँमा भए कोरोनाको डर  नहुने, परिवारबाट टाढा हुनु पनि नपर्ने, त्यसैले विदेशिनुभन्दा घरैमा बसेर गाउँको काम गर्न थालियो ।’ मानेभञ्ज्याङ गाउँपालिकाको वाक्सामा वडाको बजेटबाट सडक मर्मतसहितका काम स्थानीय युवाले नै गरेका छन् ।

विकासनिर्माणका कामबाट रोजगारी सिर्जना गर्ने र कार्यप्रगति अनुगमन गरेर प्रभावकारी बनाउन सके स्थानीय सरकारले नै समृद्धिको लक्ष्य पूरा गर्ने प्रदेश नं १ का भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङको भनाइ छ । ओखलढुंगाका प्रदेशसभास सदस्यसमेत रहनुभएका गुरुङले प्रदेश सरकारबाट आएको लाखौँ रकम वर्षेनी फ्रिज भएर जाने समस्या रहेकाले युवा स्वरोजगारसहितको समृद्धिको खाका बनाएर प्रदेशमा पेश गर्न आग्रह गर्नुभयो । ‘स्थानीय तहले खास योजना बनाएर ल्याउन सकेनन् । वार्षिक करोडौं विकास बजेट फ्रिज भइरहेको छ । त्यस्तो बजेट युवालाई दिएर काम लगाउने हो भने विकास पनि हुन्थ्यो । युवाले रोजगारी पनि पाउँथे ’, राज्यमन्त्री गुरुङले रासससँग भन्नुभयो, ‘ठूला आयोजनाका काम ठेकेदारमार्फत गर्नुपर्छ तर ठेक्काका काममा पनि सकेसम्म स्थानीय श्रमिकको प्रयोगमा जोड दिनुपर्छ । डोजर चलाई भीरपाखा भत्काएर मात्रै समृद्धिको लक्ष्य पूरा हुँदैन । त्यसैले स्थानीय तहले विकासको खाका र युवा व्यवस्थापनको ढाँचा तयार गर्न ढिला गर्नुहुँदैन ।’ तीन वटै तहका सरकारमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिबीचको समन्वय कम हुँदा संभीयताको मर्मअनुसार काम हुन नसकेको उहाँको तर्क छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article फुङफुङे झरनामा बढ्दैछ आन्तरिक पर्यटकको चहलपहल
Next Article आलु, फर्सी, करेला, प्याज, काँक्रो, मुला, स्याउको बलि दिएर मनाइयो दशैँ
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

अर्थ/विकासकालिकोट - KLK

कालिकोटमा जलबिधुतको लगानीले गरिवी घटाउने विश्वास

57 years ago
काठमाडौँ - KTMसमाज

मापसे गरी सवारी चलाउने ३४१ जना महिला प्रहरीको फन्दामा

57 years ago
काठमाडौँ - KTMस्वास्थ्य

देशभर थप २९० जनामा कोरोना संक्रमण पुष्टि, तीन जनाको मृत्यु

57 years ago
काठमाडौँ - KTMपर्सा - PRSराजनीति

परिवर्तनलाई संस्थागत गर्न सक्नुपर्छःनेता डा महत

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?