२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसारकै शक्तिशाली अमेरिकी राष्ट्रपतिको तलब र सुविधा कति हुन्छ ?

२४ कार्तिक २०७७, सोमबार ०९:०३

कात्तिक २४, काठमाडौँ । अमेरिकाको राष्ट्रपतिको पद विश्वकै सर्वोच्च पद मानिन्छ । यो पद हासिल गर्ने व्यक्तिले अमेरिकाको संविधानमा उल्लेख भए बमोजिम विभिन्न सुविधा प्राप्त गर्छन् ।

अमेरिकी कानुनमा उल्लेख भए अनुसार अमेरिकी राष्ट्रपतिको वार्षिक तलव चार लाख डलर हुन्छ । त्यसका साथै एउटा आवास, २४ सै घण्टा स्टाफको व्यवस्था, व्यक्तिगत प्लेन तथा हेलिकप्टरको सुविधा प्राप्त हुन्छ भने सवारीका लागि विश्वकै सबैभन्दा सुरक्षित ‘लिमोजिन’ कारको व्यवस्था हुन्छ ।

यसबाहेक, राष्ट्रपतिलाई विभिन्न १७ वटा शीर्षकमा भत्ता प्राप्त हुन्छ । जसमा खाना, खाजासहितको पचास हजार डलर बराबरको वार्षिक व्यय भत्ता, एक लाख डलर बराबरको कररहित ट्राभल भत्ता, १९ हजार डलरको मनोरञ्जन भत्ता सामेल हुन्छ ।

अमेरिकी राष्ट्रपतिलाई ह्वाइट हाउसमा आवासको समेत व्यवस्था हुन्छ । जम्मा छ तल्ले ह्वाईट हाउसमा एक सय ५ वटा कोठा छन् । जहाँ एक टेनिस कोर्ट, एक बांलिङ्ग एली, एक पारिवारिक मुभी थिएटर, जगिङ्ग ट्रयाक, स्वीमिङ्ग पुल लगायतका सुविधा रहेको छ ।

घरको मर्मतसंहारका लागि वार्षिक एक लाख अमेरिकी डलर भत्ता प्राप्त हुन्छ ।त्यस्तै, राष्ट्रपतिको अतिथिका लागि व्लेयर हाउसको समेत व्यवस्था हुन्छ ।

अमेरिकी राष्ट्रपतिलाई सेक्युरिटीको व्यवस्था, निशुल्क स्वास्थ्य सेवा, हेल्थ इन्स्योरेन्सको समेत व्यवस्था हुन्छ । साथै, राष्ट्रपति तथा उनको परिवारलाई २४ अ‍ैं घण्टा कडा सुरक्षा प्रदान गरिएको हुन्छ ।

अमेरिकी राष्ट्रपतिलाई छुट्टी भने हुँदैन । यसको सट्टा उनीहरुलाई दृश्यावलोकन गर्ने अवसर प्राप्त हुन्छ । सेवानिवृत भएपछि अमेरिकी राष्ट्रपतिलाई वर्षैभरी पेन्सनको समेत व्यवस्था हुन्छ । सेवा निवृत भएपछि अमेरिकी राष्ट्रपतिलाई वार्षिक दुई लाख अमेरिकी डलर प्राप्त हुनुका साथै स्टाफसहित एउटा अफिसको व्यवस्था हुन्छ । यसबाहेक, पूर्व राष्ट्रपतिको विधवालाई वार्षिक एक लाख अमेरिकी डलर भत्ता प्राप्त हुन्छ । एजेन्सीको सहयोगमा ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता