2026-06-16 08:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसारकै शक्तिशाली अमेरिकी राष्ट्रपतिको तलब र सुविधा कति हुन्छ ?

कात्तिक २४, काठमाडौँ । अमेरिकाको राष्ट्रपतिको पद विश्वकै सर्वोच्च पद मानिन्छ । यो पद हासिल गर्ने व्यक्तिले अमेरिकाको संविधानमा उल्लेख भए बमोजिम विभिन्न सुविधा प्राप्त गर्छन् ।

अमेरिकी कानुनमा उल्लेख भए अनुसार अमेरिकी राष्ट्रपतिको वार्षिक तलव चार लाख डलर हुन्छ । त्यसका साथै एउटा आवास, २४ सै घण्टा स्टाफको व्यवस्था, व्यक्तिगत प्लेन तथा हेलिकप्टरको सुविधा प्राप्त हुन्छ भने सवारीका लागि विश्वकै सबैभन्दा सुरक्षित ‘लिमोजिन’ कारको व्यवस्था हुन्छ ।

यसबाहेक, राष्ट्रपतिलाई विभिन्न १७ वटा शीर्षकमा भत्ता प्राप्त हुन्छ । जसमा खाना, खाजासहितको पचास हजार डलर बराबरको वार्षिक व्यय भत्ता, एक लाख डलर बराबरको कररहित ट्राभल भत्ता, १९ हजार डलरको मनोरञ्जन भत्ता सामेल हुन्छ ।

अमेरिकी राष्ट्रपतिलाई ह्वाइट हाउसमा आवासको समेत व्यवस्था हुन्छ । जम्मा छ तल्ले ह्वाईट हाउसमा एक सय ५ वटा कोठा छन् । जहाँ एक टेनिस कोर्ट, एक बांलिङ्ग एली, एक पारिवारिक मुभी थिएटर, जगिङ्ग ट्रयाक, स्वीमिङ्ग पुल लगायतका सुविधा रहेको छ ।

घरको मर्मतसंहारका लागि वार्षिक एक लाख अमेरिकी डलर भत्ता प्राप्त हुन्छ ।त्यस्तै, राष्ट्रपतिको अतिथिका लागि व्लेयर हाउसको समेत व्यवस्था हुन्छ ।

अमेरिकी राष्ट्रपतिलाई सेक्युरिटीको व्यवस्था, निशुल्क स्वास्थ्य सेवा, हेल्थ इन्स्योरेन्सको समेत व्यवस्था हुन्छ । साथै, राष्ट्रपति तथा उनको परिवारलाई २४ अ‍ैं घण्टा कडा सुरक्षा प्रदान गरिएको हुन्छ ।

अमेरिकी राष्ट्रपतिलाई छुट्टी भने हुँदैन । यसको सट्टा उनीहरुलाई दृश्यावलोकन गर्ने अवसर प्राप्त हुन्छ । सेवानिवृत भएपछि अमेरिकी राष्ट्रपतिलाई वर्षैभरी पेन्सनको समेत व्यवस्था हुन्छ । सेवा निवृत भएपछि अमेरिकी राष्ट्रपतिलाई वार्षिक दुई लाख अमेरिकी डलर प्राप्त हुनुका साथै स्टाफसहित एउटा अफिसको व्यवस्था हुन्छ । यसबाहेक, पूर्व राष्ट्रपतिको विधवालाई वार्षिक एक लाख अमेरिकी डलर भत्ता प्राप्त हुन्छ । एजेन्सीको सहयोगमा ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ