पढ्न करिब 1 मिनेट लाग्छ

कात्तिक ९, गलकोट । बागलुङको तमानखोला गाउँपालिकामा शुक्रबार राति जीप दुर्घटना हुँदा चालक र सह–चालकको मृत्यु भएको छ ।

वडा नं ३ तमानदेखि वडा नम्बर १ बोङगादोभान बजारतर्फ आउँदै गरेको ध १ ज ७०५ नम्बरको पिकअप जीप रिक्mलाङमा राति दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृत्यु हुनेमा तमानखोला–१ निवासी चालक झकबहादुर विक र सोही स्थानका सह–चालक ओमबहादुर गोतामेको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिनुभयो ।

पिकअप सडकदेखि करीब एक हजार २०० मिटर तल खसेको प्रहरी चौकी तमानखोलास्थित बोङ्गादोभान प्रहरी चौकीले जनाएको छ । यात्रु छाडेर फर्कदै गरेको जीप घुम्तीमा साँघुरो सडक भएको हुँदा दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

रातको समयमा दुर्घटना हुँदा उद्धारमा निकै समस्या भएको प्रहरीले जनाएको छ । शव रातिनै परीक्षणका लागि ढोरपाटन नगरपालिका–१ बुर्तिवाङ स्वास्थ्य केन्द्रमा ल्याइएको भट्टले जानकारी दिनुभयो ।