<p><b>पुस ३, काठमाडौँ ।</b> शुक्रबार सुनको मूल्य बढेको छ। बिहीबारको तुलनमा आज प्रतितोला रु ८ सयले बढेर छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।<br></p><p>यसअघि बिहिबार पनि सुनको मूल्य प्रतितोला रु ४ सयले बढेको थियो । महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि बढेको छ । प्रतितोला रु ९३ हजार ८ ५० मा तेजाबी सुन कारोबार भइरहेको छ ।</p><p>त्यस्तै शुक्रबार चाँदीको मुल्य पनि बढेको छ। हिजोको तुलनामा आज २५ ले बढेर प्रतितोला १२ सय ८० मा कारोबार भइरहेको छ ।</p>
