Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीमती बिरामी भनेर नेपाल फर्किए शाहीद, घर नपुगी प्रेमिकाले गरिन् हत्या

२०८१, १५ फाल्गुन बिहीबार १७:४४

काठमाडौँ | विवाहेत्तर प्रेम सम्बन्ध लुकाउन श्रीमानसँग मिलेर प्रेमीलाई बञ्चरो प्रहार गरी हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । धनुषाको मिथिला बिहारी नगरपालिका–२ पुरनदाहा टोलस्थित खैरा खोलाको पुलमुनि फेला परेको शव ३३ वर्षीय शाहीद अन्सारीको भएको पनि पुष्टि भएको छ । प्रहरी अनुसन्धान अनुसार अन्सारीको हत्या उनकी प्रेमिका अनिताकुमारी यादव र उनका श्रीमान राजकिशोर यादवले मिलेर गरेका हुन् ।

कतारमा कार्यरत अन्सारी र २४ वषींया अनिताबीच दुई वर्षदेखि प्रेम सम्बन्ध थियो । अनिताले नै अन्सारीकी श्रीमती बिरामी रहेको मेडिकल रिपोर्ट तयार पारी साउदी पठाएकी थिइन् । त्यही रिपोर्टका आधारमा अन्सारी आकस्मिक छुट्टी लिई नेपाल फर्किएका थिए । घर पुग्न नपाउँदै उनको हत्या भएको थियो । नेपाल फर्केका अन्सारी घर नगई प्रेमिका अनितालाई भेट्न मिथिला बिहारी–६ सिर्सिया आएका थिए ।

अन्सारीलाई घरमै बन्धक बनाएर मंसिर २७ गते दिउँसो ११ बजे सुत्ने कोठामा बञ्चरो प्रयोग गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । हत्या पश्चात शवलाई जुटको बोरामा बेरेर खैरा खोलामा फालिएको थियो। शव पहिचान हुन नसकेपछि प्रहरीले स्केच सार्वजनिक गरेको थियो ।

माघ १० गते मृतककी श्रीमती अजिमा खातुनले प्रहरीको फेसबुक पेजमा शवको फोटो हेरेर सनाखत गरेपछि घटना सार्वजनिक भएको थियो । प्रहरीले अनिता यादवलाई गाउँबाटै पक्राउ गरी अदालतबाट तीन दिनको म्याद थप गरेको छ। तर, उनका श्रीमान राजकिशोर यादव हत्या पश्चात् साउदी अरब फरार रहेको उपरीक्षक तिवारीले बताए । उनलाई नेपाल फर्काउन कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश