३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमाथि लगाइएको नाकावन्दी तीन बर्षपछि हट्यो

२१ पुष २०७७, मंगलवार ०३:११

पुस २१, काठमाडौँ | साउदी अरेविया र कतारबीच हवाई, स्थल र समुद्री नाका खोल्न सहमती भएको छ । सहमति अनुसार साउदी अरेवियाले कतारसँगको स्थल नाका खोलेको छ । हवाई तथा समुद्री नाका पनि खोलिने संचारमाध्यमहरुले जनाएका छन् । कुवेतका विदेश मन्त्री अहमद नासिर अल सवाहले सोमवार यसको जानकारी दिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

कुवेतका विदेश मन्त्री सवाहले एक टेलिभिजनलाई दिएको अन्तर्वार्ता अनुसार ति दुवै देश तीन बर्षदेखिको नाकावन्दी अन्त्य गर्न सहमत भएको उल्लेख गरेका छन् । नाकावन्दी अन्त्यको घोषणा खाडी मुलुकहरुको सम्मेलनको पूर्वसन्ध्यामा भएको हो । यसले खाडी क्षेत्रमा देखिएको समस्या अन्त्य हुने भन्दै उनले खुशी प्रकट गरेको समाचारमा जनाइएको छ ।

दुई देशबीचको स्थल नाका खोलिएको घोषणा भएपनि कुनै व्यक्ति वा सवारी साधन आरपार गरेको नदेखिएको दोहास्थित सञ्चार माध्यम अलजजिराले लेखेको छ । नाका स्थित कार्यालयमा दुवै देशका अध्यागमन अधिकारीहरु देखिएपनि नाका शान्त रहेको समाचारमा उल्लेख छ ।

सो समाचारलाई साउदी अरेवियाका सञ्चार माध्यमहरुले पनि प्राथमिकताका साथ छापेका छन् । साउदी गजेटका अनुसार मंगलवार आयोजना हुने सम्मेलनमा कतारको नेतृत्व त्यहाँका शेख तामिम वीन हमद अल थानीले गर्ने अपेक्षा गरिएको छ । कतारले सन् २०१७ मा नाकावन्दी सुरु भएपश्चात पहिलोपटक खाडी सम्मेलनमा सहभागिता जनाउँदैछ ।

सन् २०१७ मा साउदी अरेवियाको नेतृत्वमा संयुक्त अरव ईमिरेट्स (युएई), बहराइन तथा ईजिप्टले कतार विरुद्ध नाकावन्दी लगाएका थिए । कतारले आतंकवादलाई सहयोग गरेको भन्दै ति मुलुकहरुले दोहामा रहेको सञ्चार माध्यम अलजजिरा बन्द गर्नुपर्ने, ईरानसँगको सम्वन्ध विच्छेद गर्नुपर्ने लगाययतका माग राखेर तीन बर्षसम्म ति मुलुकहरुले नाकावन्दी गरेका थिए । कतारले सो माग अस्वीकार गर्दै आएको थियो ।

खाडी क्षेत्रमा तनाव सिर्जना गर्नेगरी साउदी अरेवियाको नेतृत्वमा छिमेकी मुलुकहरुले कतारमाथि लगाएको नाकावन्दी अन्त्यको विभिन्न मुलुकहरुले सराहना गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध