2026-06-20 02:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गण्डकी प्रदेशमा फागुनमा पर्वतीय खेलकूद महोत्सव हुने

पुस २१, कास्की (रासस) । गण्डकी प्रदेशमा आगामी फागुन २० गतेदेखि पर्वतीय खेलकूद महोत्सव आयोजना हुने भएको छ । माउन्टेन स्पोर्टस् फेडेरेशनको आयोजनामा परम्परागत तथा साहसिक पर्वतीय खेलकूदको माध्यमद्वारा दिगो पर्यटनको प्रवद्र्धनको लक्ष्यसहित आठौँ संस्करणको पर्वतीय खेलकूद महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

महोत्सवमा परम्परागत आर्चरी, ठेलो, रक क्लाइम्बिङ, क्यानोइङ, साइक्लिङ, प्याराग्लाइडिङ, क्रस कन्ट्री रनिङ, मोटर स्पोर्टस, टग अफ वार, रिङ रेस्लिङ, घोडा दौड, ट्राइयाथलन, गल्फ, स्केट बोर्डिङलगायतका १५ खेल समावेश गरिएको राष्ट्रिय खेलकूद परिषद्का सदस्यसमेत रहनुभएका महोत्सवका संयोजक सुवर्ण श्रेष्ठले सोमबार पोखरामा आयोजित कार्यक्रममा बताउनुभयो ।

चैत २० गतेसम्म सञ्चालन हुने महोत्सवमा ट्राइयाथलन र रिङ रेस्लिङमा अन्तर्राष्ट्रिय खेलाडीसमेत सहभागी हुने उहाँले जानकारी दिनुभयो । रिङ रेस्लिङमा जापान, मलेशिया, सिङ्गापुर, भारत, अमेरिकालगायत देशबाट खेलाडीले प्रतिस्पर्धा गर्ने र ट्राइयाथलनमा एशियाली मुलुकका खेलाडी सहभागी हुनेछन् । महोत्सवमा एक हजार ५०० हाराहारीमा खेलाडी तथा ५०० अफिसियलको सहभागिता रहने दाबी आयोजकको छ ।

गण्डकी प्रदेशको राजधानी शहर पोखरासहित मुस्ताङ, बागलुङ, तनहुँ, स्याङ्जा र लमजुङमा महोत्सवअन्तर्गतका खेल सञ्चालनका लागि प्रस्ताव गरिएको संयोजक श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपाललाई माउन्टेन स्पोर्ट्स हवको रूपमा स्थापित गर्ने उद्देश्यसहित महोत्सव गर्न लागेका हौँ । गण्डकी प्रदेशमा यसको सफल आयोजनाले यस क्षेत्रमा कोभिड–१९ ले तहसनहस बनाएको पर्यटनलाई अघि बढाउन थप सहयोग पुग्ने र पर्वतीय खेलकूद विकासमा मद्दत पुग्छ भन्ने विश्वास छ ।”

महासङ्घका प्रदेश संयोजकसमेत रहनुभएका गण्डकी प्रदेशसभाका सदस्य इन्द्रधारा विष्टले ‘माउन्टेन स्पोर्टस फेस्टिभल’ गण्डकी प्रदेशमा आयोजना गर्न प्रदेश सरकारसमेत निकै उत्साहित भएको बताउँदै पर्वतीय खेलकूदमा अग्रणी गण्डकी प्रदेशलाई महोत्सवले विश्वसामु थप चिनाउने विश्वास व्यक्त गर्नुभयो । महोत्सवका लागि सम्बन्धित खेल सङ्घका प्रतिनिधि सम्मिलित १७ सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ ।

महोत्सव सम्पन्न गर्न रु एक करोड ८८ लाख खर्च हुने अनुमान रहेको र राष्ट्रिय खेलकूद परिषद, गण्डकी प्रदेश सरकार, स्थानीय सरकार र प्रायोजक संस्थाबाट सहयोग प्राप्त हने विश्वास लिइएको राखेपका सदस्य सम्पन्न श्रेष्ठले जानकारी दिनुभयो । राखेपका सदस्य गोविन्द भट्टराईले पर्यटकको राजधानी गण्डकी प्रदेशमा आयोजना हुने महोत्सवले कोरोनाका कारण एक वर्षदेखि सुस्ताएको पर्यटन क्षेत्रलाई पुनःजागरण ल्याउन र खेल पर्यटनको विकासमा सहयोग पुग्ने बताउनुभयो ।

यसअघि गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकूद तोकिएको मितिमा नभएको अवस्थामा पर्वतीय खेलकूद महोत्सव आयोजनाबाट राष्ट्रिय खेलकूदका लागि आधार बन्न सक्ने विश्वास आयोजकको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ