फागुन १७, डोटी | एमाले निकट महिलाहरुको संगठन अखिल नेपाल महिला संघमा ठुलो बिबाद देखिएको छ । संघको चौथो जिल्ला सम्मेलनबाट बिबाद सतहमा देखापरेको हो । स्रोतका अनुसार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १७, डोटी | एमाले निकट महिलाहरुको संगठन अखिल नेपाल महिला संघमा ठुलो बिबाद देखिएको छ । संघको चौथो जिल्ला सम्मेलनबाट बिबाद सतहमा देखापरेको हो । स्रोतका अनुसार"/>
2026-09-19 03:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले निकट अखिल नेपाल महिला संघमा बिबाद

फागुन १७, डोटी | एमाले निकट महिलाहरुको संगठन अखिल नेपाल महिला संघमा ठुलो बिबाद देखिएको छ । संघको चौथो जिल्ला सम्मेलनबाट बिबाद सतहमा देखापरेको हो । स्रोतका अनुसार केन्द्रमा रहेको ओली र नेपाल पक्षको रुपमा रहेको महिला संघमा बिबाद देखिएको छ । 

चौथो सम्मेलनबाट दुईवटा जिल्ला समिति समेत घोषणा गरिएका छन् । दुबै समुहले आफुलाई आधिकारीक भएको दाबी गरिरहेका छन् । यसमा जिल्ला स्तरमा रहेका नेताहरु समेत एकअर्को पक्षलाई आधिकारिक भएको दाबी गरिरहेका छन् । मंगलबार बिहान ५ बजेसम्म जारी सम्मेलनमा बिबाद हुदा दुईवटा समुहले समानान्तर जिल्ला कमिटि सार्वजनिक गरेका हुन् । यसअघि जिल्ला कमिटि सदस्यहरु भने केही ठाउँमा निर्वाचन र केहीमा सर्बसम्मत रुपमा चयन गरिएको थियो । 

यस्तै समानान्तर देखिएका एक जिल्ला कमिटिको अध्यक्षमा बिष्ना सिंह र अर्कोको अध्यक्षमा सञ्जा रोकायाको टिम निर्वाचित भएको दाबी गरिएको छ । सिंहको अध्यक्षता रहेको टिममा उपाध्यक्षमा सिता बिक र देशरत्न डाँगी, सचिबमा मिना ओली, सह–सचिबमा अर्चना गहतराज, कोषाध्यक्षमा नारु बिक निर्वाचित भएको जनाईएको छ । यो समुहलाई अखिल नेपाल महिला संघका केन्द्रिय सचिब एबं सांसद गौरी ओलीले पनि समर्थन जनाएकी छन् । यो समुह अध्यक्ष केपी ओली निकट मानिन्छ । यस्तै रोकाया अध्यक्ष रहेको समितिमा उपाध्यक्षमा बिमला बम र मिना आउजी सचिबमा यशोदा शाह, उप–सचिबमा सत्य कुँवर र कोषाध्यक्षमा लक्ष्मी जोशी निर्वाचित भएको दाबी गरिएको छ । उक्त समुहलाई अखिल नेपाल महिला संघकी जिल्ला ईञ्चार्ज सिता राईमाझीले समर्थन जनाएकी छन् । यो समुह नेता माधबकुमार नेपाल निकट मानिन्छ । 

२५ जनाको रहेको जिल्ला कमिटी सदस्यमा १४ जना रोकायाको पक्षमा रहेकाले अध्यक्षतामा उनकै टिम आधिकारिक रहेको जिल्ला ईञ्चार्ज राईमाझीको दाबी गरिन् । उता निर्वाचनको प्रक्रिया चलेको बेला २ घण्टासम्म सम्पर्क गर्दापनि नआएको र बहुमत सदस्यको उपस्थितीमा सिंहलाई अध्यक्ष चुनिएको दाबी गर्दै उनी नै आधिकारीक अध्यक्ष रहेको केन्द्रिय सचिब ओलीको दाबी छ । नेकपा एमाले डोटीका अध्यक्ष चक्र मल्लले पनि सिँह नेतृत्वकै समितिलाई आधिकारिक भएको बताएका छन् । ‘बिधि र पक्रिया अनुसार बिष्ना सिँहकै नेतृत्वको पदाधिकारी टिम आएको छ । यसैले सोही समुह आधिकारिक हो,’ उनले भने । संबिधानको कार्यान्वयनका लागि ‘जन परिचालन अभियान २०७३’ अन्तरगत गाउँ अभियान सम्पन्न गरेको डोटी एमाले संगठनहरुको सम्मेलन गर्न थालेको थियो । यसबाहेक एमालेको जिल्ला अधिबेसनको तयारी पनि सुरु भएको एमाले डोटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई