2026-07-25 12:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चिनियाँ सेनाद्वारा भारतको नहर निर्माणमा रोक !

कात्तिक १९, एजेन्सी । चिनियाँ सेनाले भारत–चीन सीमा नजिकै भारतको एउटा परियोजना निर्माणमा हस्तक्षेप गरेको छ । अन्तर्राष्ट्रिय मान्यताविपरीत भारतीय पक्षले निर्माण कार्य अघि बढाएको भन्दै चिनियाँ सेनाको टोलीले लद्दाख क्षेत्रमा भइरहेको नहर निर्माण योजनाको काम अघि बढाउन रोक लगाएको हो ।

भारतीय संचारमाध्यमका अनुसार चिनियाँ सेनाको टोलीले बुधबारदेखि सो क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएको छ । लेहबाट २५० किलोमिटर पूर्वमा रहेको देमचोक भन्ने स्थानमा भारतले ‘महात्मा गान्धी ग्रामिण रोजगार ग्यारेन्टी कानुन’ (मनरेगा) अन्तर्गत ग्रामिण क्षेत्रका बासिन्दाका लागि नहर निर्माण योजनाको काम सुरु गरेको थियो ।

बुधबार बिहान स्थानीय समयअनुसार करिब ११ बजे चिनियाँ सेनाको टोली आएर भारतीय पक्षलाई निर्माण कार्य रोक्न दबाब दिएको हो । बिहीबार पनि चिनियाँ टोलीले सो स्थानमा निर्माण कार्य अघि बढाउन दिएको छैन ।

सीमा क्षेत्रमा चिनियाँ सेनाले आफ्नो मजबुत उपस्थिति जनाएको भारतीय संचारमाध्यमले जनाएका छन् । चिनियाँ सेनाले आफ्नो ब्यानर र झण्डासहित अस्थायी शिविर बनाएर निगरानी बढाएका छन् ।

चिनियाँ सेनाले उक्त क्षेत्रमा निर्माण कार्य बनाउन नमिल्ने दाबी गर्दै आएको छ । विवादित क्षेत्रमा भौतिक निर्माणका योजना सुरु गर्नु अघि एक मुलुकले अर्को मुलुकलाई जानकारी दिनुपर्ने सम्झौता भए पनि भारतले उक्त सम्झौता विपरीत निर्माण कार्य थालेको चिनियाँ सेनाको भनाइ छ ।

दुबै मुलुकले कुटनीतिक रुपमा उक्त विवाद बाहिर नल्याएका भए पनि सैन्यस्तरमा विवाद उत्कर्षमा पुगेको भारतीय संचारमाध्यमको भनाइ छ । भारतीय सेनाले भने चिनियाँ सेनाको हस्तक्षेप नभएको जनाएको छ । भारतीय सेनाले दुबै मुलुकका सेनाबीच ‘फ्ल्याग मिटिङ’ भएको जनाएको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक