विद्यार्थीका लागि एनसेलले ल्यायो ‘एनसेल अडियो क्लास’ योजना,कसरी सुचारु गर्ने ?

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
2 Min Read

पुस २६, काठमाडौँ | एनसेलले विद्यार्थीका लागि 'एनसेल अडियो क्लास' ल्याएको छ | यसअन्तर्गत  एनसेलको सिमकार्ड भएका विद्यार्थीले आवश्यकता अनुसार विभिन्न विषयहरु सजिलै अडियोमार्फत अध्ययन गर्न सक्नेछन् |

एनसेलका अनुसार विद्यार्थीले मोबाइलमार्फत पाठ्यक्रममाआधारित पाठहरु मोबाइलबाटै सुन्दै सिक्न सक्ने छन् | कम्पनीले इन्टरएक्टिभ भ्वाइस रेस्पोन्स (आइभीआर)मा आधारित यो  ‘अनपज’ अभियानअन्तर्गत ल्याएको हो |

पाठ्यक्रममाआधारित शैक्षिक सामग्री मोबाइल नेटवर्कमार्फत फोनकै प्रयोग गरी आइभीआरबाट सिक्न सकिने एनसेलले जनाएको छ | एनसेलले पहिलो चरण अन्तर्गत अडियो क्लास सेवामा कक्षा १ देखि कक्षा ४ सम्मको पाठ्यक्रमहरु उपलब्ध गराएको छ |

कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई ध्यानमा राख्दै चरणबद्ध रुपमा अरु कक्षाहरुको लागि थप पाठ्यक्रमहरु समावेश गर्ने एनसेलले तयारी गरेको छ | यो योजनाको प्रयोगका लागि १७१४४ डायल गरी प्राप्त निर्देशनअनुरुप अडियो क्लास सेवाको प्रयोग गर्न सकिने छ |

इच्छुक ग्राहकले अडियो क्लास सेवाका प्याकहरु एसएमएस, यूएसएसडी तथा वेब च्यानलमार्फत पनि प्रयोग गर्न सक्नेछन् | अडियो क्लासको लागि अहिले ३ दिन र ७ दिनको अफर रहेको छ | ३ दिनको प्याकमा विद्यार्थीले करसहित मात्र ७ रुपैयाँमा ५० मिनेटको अडियो क्लासको सेवालिन सक्नेछन् भने ७ दिनको प्याकमा करसहित १४ रुपैयाँमा १०० मिनेटको अडियो क्लासको सेवा लिनसक्ने एन्सेलले जनाएको छ |

कुनै अडियो प्याकअन्तर्गतको निश्चितमिनेट सकिएमा ग्राहकले ५० मिनेटको थप अडियो क्लासको सेवा ७ रुपैयाँमा फेरि खरिद गर्न सक्छन् | यो सेवा सुरु गरिएको पहिलो ५ महिनासम्म अडियो क्लासको प्रत्येक नयाँ ग्राहकले एक हप्ताको लागि यो सेवा निःशुल्क प्रयोग गर्न सक्ने सक्ने छन् |

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply