वैशाख ६, काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनमा क्षमता भन्दा बढि यात्रु राख्न नपाउने,मास्क अनिवार्य लगाउनुपर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक यातायातमा यात्रु, चालक तथा सहचालकले मास्क अनिवार्य लगाउनुपर्ने निर्णय गरेको हो ।
त्यसैगरी नियमति सेनिटाइजर प्रयोग गर्नुपर्ने, माक्स नलगाएकालाई गाडीमा छिर्न नदिने निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए । यस्तै हवाइ यातायातको हकमा पर्याप्त स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने निर्णय बैठकले गरेको छ ।
बैठकले सार्वजनिक स्थानमा २५ जना भन्दा बढी भेला हुन् नपाउने,शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।