2026-07-24 11:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

पर्यटन विकास समिति बागलुङको अध्यक्षमा राजु खड्का निर्वाचित

कात्तिक १७, बलेवा । पर्यटन विकास समिति बागलुङको अध्यक्षमा राजु खड्का निर्वाचित हुनुभएको छ । शनिबार बागलुङबजारमा भएको समितिको प्रथम अधिवेशनले खड्काको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा राज थापा, उपाध्यक्षमा शेरमान घर्ती, महिला उपाध्यक्षमा भविकला रोका, सचिवमा अर्जुन चोखाल, सहसचिवमा नारायण आचार्य, कोषाध्यक्षमा नरेश कँडेल निर्वाचित हुनुभएको छ । सदस्यमा प्रेम लामिछाने, किरण आचार्य, दानबहादुर थापा, बेगमती घर्ती, गण्डकी थापा, कमला पुनमगर, वीरजङ्ग भण्डारी, सञ्जय श्रेष्ठ र हीरा पुन रहनुभएको छ । आठ सदस्यीय आमन्त्रित सदस्यमा विजय राना, झमन पाण्डे, खिमबहादुर थापा, टीका सङ्गम विक, राजु आचार्य, जीतबहादुर क्षेत्री, कौशिला पुन र ज्ञानेन्द्र ढकाल चयन हुनुभएको छ ।

तीन सदस्यीय लेखा समिति संयोजकमा विष्णु अधिकारी रहनुभएको छ । सदस्यमा टेकबहादुर क्षेत्री, केशव कार्कीलाई मनोनित गरिएको समितिले जनाएको छ । बागलुङको पर्यटन विकासमा सहयोग पु¥याउन भन्दै एक वर्ष अघि बनेको तदर्थ समितिले सबै प्रक्रिया पूरा गरेर पहिलो अधिवेशन गरेको हो ।

तीस स्टेचर वितरण

बलेवा समाज अमेरिकाको सहयोग र सहयात्रा फाउण्डेशन बागलुङको आयोजनामा जिल्लाको बलेवा क्षेत्रका हरेक गाउँमा स्टेचर वितरण गरिएको छ । शनिबार बागलुङ नगरपालिका–१४ नारायणस्थानमा एक कार्यक्रमको आयोजना गरी बलेवा क्षेत्रका साविकका सबै वडाका लागि स्टेचर वितरण गरिएको हो ।

नेपाल विद्यार्थी सङ्घका निर्वतमान उपाध्यक्ष डिल्लीराम सुवेदीको विशेष संयोजनमा हरेक गाउँ र टोललाई पुग्ने गरी स्टेचर वितरण गरिएको हो  । स्टेचर वितरण कार्यक्रममा  सुवेदीले स्वस्थ्य समाज निर्माणका निम्ति यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयोे । उहाँले आफ्नो जन्मभूमि र समाजप्रति विदेशमा रहेर पनि उत्तरदायी बनेकोमा बलेवा समाज अमेरिकाप्रति धन्यवाद प्रकट गर्नुभयो ।

बलेवा क्षेत्रका साविकका २७ वडामा ३० स्टेचर वितरण गरिएको थियो । जसका लागि बलेवा समाज अमेरिकाबाट १५ सय अमेरीकी डलर सहयोग प्राप्त भएको कार्यक्रम संयोजक बालकृष्ण शर्माले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक