२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना भाइरस उत्पत्तिको रहस्य के ?

२०७८, १३ जेष्ठ बिहीबार ०२:१८

 जेठ १३, काठमाडौं । सुरुमा चिनियाँ सहर वुहानमा देखिएको कोरोना भाइरसको उत्पत्तिको रहस्य डेढ वर्षसम्म सुल्झेको छैन। वुहानको जनावर बेचबिखन गर्ने एक बजारमा चमेरोबाट मानिसमा यो भाइरस सरेको मानिँदै आएको छ।

चीनले यो भाइरसबारे विश्वलाई सन् २०१९ को डिसेम्बरमा मात्र जानकारी गराए पनि गत साता अमेरिकाको गुप्तचर एजेन्सीको एक प्रतिवेदनले महामारी सुरु भएको मानिएको मितिभन्दा एक महिनाअगाडि अर्थात् नोभेम्बरमा वुहानस्थित वुहान इन्स्टिच्युट अफ भाइरोलोजीको एक प्रयोगशालाका अनुसन्धानकर्ताहरू बिरामी भएको र अस्पतालमा उपचार भएको दाबी गरेको छ।

यो दाबीसँगै प्रयोगशालाबाट भाइरस बाहिर निस्केको सम्भावना देखिएकाले तथ्य पत्ता लगाउन स्वतन्त्र अध्ययन हुनुपर्ने आवाजलाई थप बल मिलेकोे छ। कोरोना भाइरस प्राकृतिक हिसाबले नभई प्रयोगशालाबाट उत्पत्ति भएको यसअघि केही विज्ञले बताउँदै आएका थिए।

यो प्रतिवेदन सार्वजनिक भएपछि यो विषयको चर्चा उत्सर्गमा छ। यही आइतबार अमेरिकी दैनिक वालस्ट्रिट जर्नलले यसअघि सार्वजनिक नभएको अमेरिकी खुफिया एजेन्सीको एक प्रतिवेदनले वुहानस्थित एक प्रयोगशालाका तीनजना अनुसन्धानकर्ता नोभेम्बरमा नै बिरामी परेको र अस्पतालमा उपचार गरेको देखिएको समाचार सार्वजनिक गरेपछि यो विषयले फेरि विश्वव्यापी चर्चा पाएको हो। 

जर्नलले उक्त प्रतिवेदन यसअघिको डोनाल्ड ट्रम्पको प्रशासनद्वारा सार्वजनिक स्टेट डेपार्टमेन्ट फ्याक्ट सिटमा समावेश गरिएको तथ्यभन्दा फरक र विस्तृत भएको जनाएको छ।

अमेरिकाका गुप्तचर एजेन्सीसँग आबद्ध भूतपूर्व तथा वर्तमान अधिकारीले वुहानका अनुसन्धानकर्ता बिरामी भएको तथ्य सार्वजनिक भएपछि यो विषयमा थप अनुसन्धान गर्न आवश्यक रहेको बताएको वालस्ट्रिट जर्नलले जनाएको छ।  

यो समाचार आजको नागरिक दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो