१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमसीसी बिरुद्ध पुस ११ गते गरिएको बन्द आव्हान फिर्ता (विज्ञप्ति सहित)

१० पुष २०७८, शनिबार १५:३४

पुस १०, काठमाडौँ | नेकपा गौरवशाली पार्टीले एमसीसी खारेजीको माग गर्दै आव्हान गरेको भोलीको नेपाल बन्द फिर्ता गरेको एक बिज्ञप्ति मार्फत जानकारी गराएको छ । 

पार्टीका अध्यक्ष भविसोर पराजुलीद्वारा जारी विज्ञप्तिमा एमसीसी नेपालको राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता, परराष्ट्र नीति विरुद्ध भएको भन्दै सरकारसँग खारेजीको माग गरेको छ । 

जारी विज्ञप्तिमा अमेरिकी उच्च अधिकारीहरुले आधिकारिक रुपमा एमसीसीलाई हिन्द प्रशान्त रणनीतिको अंग भएको तथ्य सार्वजनिक गरिरहँदा पनि यसलाई चोरबाटोबाट पारित गर्ने वर्तमान नेपाल सरकारको राष्ट्रघाती दुष्साहस भएको उल्लेख छ । यसैको बिरोध स्वरूप पुस ११ गते बन्द घोषणा गरेको जानकारी गराएपनि भोली पुस ११ गते बिद्यार्थीहरुको परीक्षा चलिरहेको र नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन समेत परेकाले सरोकारवालाहरुको आग्रह अनुसार बन्दको कार्यक्रम फिर्ता लिएको बताइएको छ । 

पराजुली नेतृत्वको नेकपा गौरवशाली पार्टी २०७५ मा माओवादी केन्द्र र एमाले बीच एकता भएपछि असन्तुष्ट भई पुनर्गठित नेकपा माओवादी केन्द्र गठन गरि चलेको पार्टी हो । सर्वोच्चले एकता पछिको नेकपालाई पुरानै अवस्थामा फर्काइदिएपछि पुनर्गठित नेकपा माओवादी केन्द्रलाई निर्वाचन आयोगले मान्यता दिएन । पछि निर्वाचन आयोगले नाम परिवर्तन गर्न सुझाव दिएपछि उक्त पार्टीले नेकपा गौरवशाली पार्टी राखेर पार्टी संचालन गर्दै आएको छ । 

विज्ञप्ति हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार