व्यापारील"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... व्यापारील"/>
१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जुम्लाको निजीस्कुलमा अखाद्य बस्तुको प्रयोगले बालबालिका बिरामी

१६ चैत्र २०७८, बुधबार ११:३९

चैत १६, जुम्ला । अखाद्य वस्तुको प्रयोगका कारण जुम्लाका निजीस्कुलमा अध्ययनरत बालबालिका बिरामी भएका छन् । पूर्वी भेगमा पर्ने गुठीचौर गाउँपालिका-५ देपालगाउँस्थित हिमाली बोर्डिङ स्कुलका विद्यार्थीले म्याद नाघेको ट्याङजुस खादा बिरामी परेका छन् । 

व्यापारीले जथाभाबी म्याद नाघेका अखाद्य वस्तु विक्रीवितरण गर्ने गरेका छन् । त्यही म्याद नाघेका अखाद्य बस्तु म्याद नाघेको ट्याङजुस खादा त्यहाँ अध्ययनरत बालबालिका बिरामी परेका हुन् ।

यहाँका ग्रामीण क्षेत्रतिर सञ्चालनमा रहेका साना बजारमा म्याद नाघेका अखाद्य वस्तु बढी पाइने गरेको छ । स्थानीय तहलाई बजार अनुगमन गर्ने र अखाद्य बस्तु नियमन गर्ने अधिकार भए पनि यस्ता विषयमा जनप्रतिनिधिले त्यति चासो दिने गरेको पाइँदैन । जसले गर्दा सहजै रूपमा नागरिकको भान्सामा अखाद्य वस्तु पुग्ने गरेको छ ।

त्यस्तै हिमाली बोर्डिङ स्कुलका प्रिन्सिपल मन्जील गिरीका अनुसार विद्यार्थीले म्याद नाघेको ट्याङजुस खाएका रहेछन् । उनले भने,‘पानीमा पनि केही समस्या हो कि भन्ने आशंका भएपछि पानी परीक्षण पनि गर्न थालिएको छ । त्यहाँ अध्ययनरत २६० मध्ये २५ जना विद्यार्थी बिरामी भए ।'

विद्यार्थीको पेट दुख्ने, टाउको दुख्ने समस्या देखिएको उनले बताए । उनले बुधबारदेखि आउँदो आइतबारसम्म विद्यालय बन्द गरिएको बताए ।

म्याद नाघेको ट्याङजुस अखाद्य बस्तु खाएपछि विद्यार्थी बिरामी परेको गुठीचौर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बालराम नेपालीले बताए । उनले औषधि खुवाएपछि अवस्था सामान्य भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता