2026-10-26 06:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शान्तिको वाचापछि पनि रुसले आक्रमण जारी राखेको युक्रेनी दाबी

चैत १६, किभ । युक्रेनको चेर्नीहिभ क्षेत्रका गभर्नरले उक्त क्षेत्रमा सैन्य गतिविधि घटाउने वाचाविपरीत रुसी आक्रमणमा कमी नआएको बताएका छन् । गभर्नर भिचास्लाभ चाउसले टेलिग्राम म्यासेजिङ एपमा रुसले आफ्नो वाचा पूरा नगरेको भन्दै निन्दा गरेका छन्।

“हामी त्यसमा विश्वास गर्छौँ? पक्कै पनि गर्दैनौँ,” उनले भनेका छन्। गभर्नरका अनुसार रुसले चेर्नीहिभ क्षेत्रमा “रातभर” बम आक्रमण गरेको थियो।

टर्कीमा भएको शान्ति वार्तापछि रुसले मङ्गलवार उत्तरी युक्रेनको किएभ र चेर्नीहिभ क्षेत्रहरूमा आफ्नो सैनिक गतिविधिलाई “ठूलो मात्रामा” कटौती गर्ने बताएको थियो।

रुसका उपरक्षामन्त्रीले एलेक्जेन्डर फोमिङले “आपसी विश्वास बढाउनका लागि” सैन्य गतिविधि धेरै मात्रामा कटौती गर्न लागिएको बताएका थिए।

मस्को र किएभका प्रतिनिधिहरूले टर्कीको इस्तानबुलमा तीन घण्टा लामो वार्ता गरेका थिए।

उक्त वार्तालाई फेब्रुअरी २४ मा आरम्भ भएको युक्रेनविरुद्ध रुसी अतिक्रमणयता भएका शान्ति वार्तामा प्रगतिको पहिलो सङ्केतका रूपमा लिइएको छ।युक्रेनले रुसका सामु प्रस्तुत गरेका विकल्पहरूमा युक्रेनले सुरक्षाको प्रत्याभूतिका बदलामा तटस्थ भूमिका अपनाउने कुरा प्रस्ताव गरेका थिए।

रुस आक्रमणको एउटा प्रमुख उद्देश्य युक्रेनलाई नेटो गठबन्धनमा सदस्य हुनबाट रोक्नु रहेको ठानिएको छ।

रुसी अधिकारीहरूले वार्ता व्यवहारिक चरणमा प्रवेश गरेको प्रतिक्रिया दिएका छन्।युक्रेनले आफ्नो फौजको उपस्थिति घटाउने रुसी प्रतिबद्धतालाई संशयका साथ हेरेका थिए।

“युक्रेनीहरू कच्चा मानिसहरू होइनन्,” राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले भिडिओ सन्देशमा भनेका छन्।जेलेन्सकीले वार्ताका प्रारम्भिक सङ्केतहरू सकारात्मक भएको बताएका छन्। तर रुसी गोलाबारी नरोकिएको उनले बताए।

अरू पश्चिमा देशहरूले पनि रुसी प्रतिविद्धतालाई संशयका साथ हेरेका छन्। अमेरिकी राष्ट्रपति जो बाइडनले उनीहरूको व्यवहार हेरेर मात्रै मूल्याङ्कन गर्ने बताएका छन्।

यूके, फ्रान्स, जर्मनी र इटलीका नेताहरूले रुसविरुद्ध तैनाथ आफ्ना सुरक्षाकर्मीहरूलाई तत्कालै फिर्ता नबोलाउन पश्चिमा राष्ट्रहरूलाई आग्रह गरेका छन्।

गभर्नर चाउसले टेलिग्राम सन्देशमा रुसले रातभर हवाई हमला र आक्रमण जारी राखेको उल्लेख गरेका छन्।

बीबीसीले यसको स्वतन्त्र पुष्टि गर्न सकेको छैन।चेर्नीहिभका मेयरले रुसको वाचा सकारात्मक भए पनि विश्वास गरिहाल्ने अवस्था नरहेको प्रतिक्रिया दिएका छन्।

उनले मङ्गलवारसम्म पनि “आवासीय क्षेत्रमा बम आक्रमण भएको र ३५ जनालाई उपचारका लागि अस्पताल लगिएको” दाबी गरेका छन्।रुसले राजधानीबाट आफ्नो फौज फिर्ता गर्ने प्रतिबद्धता गरेको केही घण्टापछि बुधवार सबेरसम्म पनि किएभमा हवाई गस्तीका साइरनहरू सुनिएको थियो।

अमेरिका र युक्रेनका अधिकारीहरूले रुसले किएभभन्दा अलि परको क्षेत्रमा आफ्नो फौजलाई तैनाथ गरिरहेको छ।उनीहरूले यसलाई युक्रेनको उत्तरी क्षेत्रमा रुसी सेनाको आक्रमण केन्द्रित गर्ने तयारीका रूपमा हेरेका छन्।बिबिसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने