खुट्टा तान्नेभन्दा हात समाउने प्रवृत्ति लिएर अगाडि बढ्नु पर्छः बालेन शाह

साझासवाल
1 Min Read

वैशाख २७, काठमाडौँ | स्थानीय तहको निर्वाचन आउन अब तीन दिन मात्र बाँकी छ। निर्वाचन घोषणा भएसँगै उम्मेदवारहरु विभिन्न अन्तर्वार्ता तथा अन्तर्क्रियाहरुमा व्यस्त हुन थालेका छन्।

यसैबीच निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय युवा अभियान नेपालका तर्फबाट सोमबार आयोजित निर्वाचन साक्षरता कार्यक्रमको शृंखलामा काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र शाह (बालेन शाह) सहभागी भएका छन्।

‘मार्क इन्टरनेशनल किड्नी सेन्टर’ कलंकीमा आयोजित उक्त अन्तर्क्रिया कार्यक्रममा बालेनले आफ्ना आगामी योजनाका बारेमा कुराकानी गरेका थिए।

कार्यक्रममा बालेन शाहले अन्य दल वा उम्मेदवारसँग आफ्नो प्रतिस्पर्धा नरहेको र खुट्टा तान्नेभन्दा हात समाउने प्रवृत्ति लिएर अगाडि बढ्नुपर्ने भन्दै विकास र आचारको पहिलो खुड्किलो नै सबै मिल्नु पर्ने बताए।

महानगरमा विकासभन्दा व्यवस्थापनको खाँचो रहेको भन्दै बालेनले आफूसँग कुनै पनि लोकरिज्याइँका एजेण्डा नभएको र भोलिका दिनमा सहजै कार्यन्वयन गर्न सकिने तालिका मात्र रहेको बताएका थिए। उनले काठमाडौँको मेयरमा आफू नै निर्वाचित हुने दाबी गरेका थिए।

काठमाडौँ महानगर र नेवा समुदायका समस्या बुझेका अन्य उम्मेदवार र नेवा समुदायलाई प्रतिनिधित्व गर्ने आफ्नो एजेण्डा उस्तै रहेको बताउँदै उनले अन्य विषयलाई लिएर भने आफ्नो विचार र योजना भिन्न र व्यवहारिक रहेकाले ‘लौरी’मा भोट हाल्न अपिल गरे।

फोहोर व्यवस्थापन, अनियन्त्रित सहरीकरण, अत्याधिक प्रदूषण, बढ्दो भ्रष्टाचार र आर्थिक चुवाहटजस्ता जटिल समस्याका सहज हल र उपायको परिभाषा बुझाउँदै आएका बालेनले आफू निर्वाचित भएमा ती समस्या समाधान हुने बताएका छन्।

Share This Article
Leave a Comment

Leave a Reply