भदौ २५, काठमाडौं | प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायती महारानी एलिजावेथ द्वितीयको निधनप्रति दु:ख व्यक्त गरेका छन्।
काठमाडौंस्थित बेलायती दूतावास पुगेर प्रधानमन्त्री देउवाले श्रद्धाञ्जली अर्पण गर्दै एलिजावेथको निधनप्रति दु:ख व्यक्त गरेका हुन्। सोही क्रममा उनले दूतावासमा राखिएको शोक पुस्तिकामा शोक सन्देशसमेत लेखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।