२०८३, २ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जेलमा पुगेर रेशम चौधरीलाई किन भेटे प्रचण्डले ?

२०७९, ११ मंसिर आईतवार ०६:०३

मङ्सिर ११, काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नागरिक उन्मुक्ति पार्टीलाई आगामी सरकारमा सहभागी हुन आग्रह गरेका छन्। शुक्रबार साँझ डिल्लीबजारस्थित जेलमा रहेका नेता रेशम चौधरीलाई भेटेर प्रचण्डले सत्ता गठबन्धनमा आवद्ध हुन आग्रह गरेका हुन्। 

चौधरीसँग प्रचण्डले दुई घण्टा बढी छलफल गरेका थिए। थरुहट आन्दोलनका क्रममा वि.सं २०७२ भदौ ७ गते घटेको 'टीकापुर घटना'मा अदालतबाट दोषी ठहर भएपछि अहिले चौधरी अहिले जेलमा रहेका छन्। 

भेटमा प्रचण्डले टीकापुर घटनामा पक्राउ परेकालाई आरोपीलाई रिहाईको लागि आफूले सक्दो प्रयत्न गर्ने प्रतिबद्धता जनाएका छन्। स्रोतका अनुसार प्रचण्डले भने,‘टीकापुर घटनाका आरोपीलाई रिहाईको लागि सक्दो प्रयत्न गर्छु। तपाईहरुको नागरिक उन्मुक्ति पार्टी सत्ता गठबन्धनमा आबद्ध हुनुहोस्।’

भेटमा चौधरीले टीकापुर घटना राजनीतिक भएकाले आरोपी रिहाई गर्नुपर्ने र लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने लगायतका सर्त राखेका गरेका छन्। प्रचण्डसँग चौधरीले भने,‘टीकापुर घटनाका आरोपीलाई रिहाईको विषय त छदैँछ। टीकापुर घटनालाई राजनीतिक हिसाबले राज्यले हेर्नुपर्‍यो, हामीमाथि लगाइएका झुटा मुद्दा खारेज गर्नुपर्‍यो। लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्‍यो।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट