मङ्सिर ११, काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नागरिक उन्मुक्ति पार्टीलाई आगामी सरकारमा सहभागी हुन आग्रह गरेका छन्। शुक्रबार साँझ डिल्लीबजारस्थित जेलमा रहेका नेता रेशम चौधरीलाई भेटेर प्रचण्डले सत्ता गठबन्धनमा आवद्ध हुन आग्रह गरेका हुन्।
चौधरीसँग प्रचण्डले दुई घण्टा बढी छलफल गरेका थिए। थरुहट आन्दोलनका क्रममा वि.सं २०७२ भदौ ७ गते घटेको 'टीकापुर घटना'मा अदालतबाट दोषी ठहर भएपछि अहिले चौधरी अहिले जेलमा रहेका छन्।
भेटमा प्रचण्डले टीकापुर घटनामा पक्राउ परेकालाई आरोपीलाई रिहाईको लागि आफूले सक्दो प्रयत्न गर्ने प्रतिबद्धता जनाएका छन्। स्रोतका अनुसार प्रचण्डले भने,‘टीकापुर घटनाका आरोपीलाई रिहाईको लागि सक्दो प्रयत्न गर्छु। तपाईहरुको नागरिक उन्मुक्ति पार्टी सत्ता गठबन्धनमा आबद्ध हुनुहोस्।’
भेटमा चौधरीले टीकापुर घटना राजनीतिक भएकाले आरोपी रिहाई गर्नुपर्ने र लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने लगायतका सर्त राखेका गरेका छन्। प्रचण्डसँग चौधरीले भने,‘टीकापुर घटनाका आरोपीलाई रिहाईको विषय त छदैँछ। टीकापुर घटनालाई राजनीतिक हिसाबले राज्यले हेर्नुपर्यो, हामीमाथि लगाइएका झुटा मुद्दा खारेज गर्नुपर्यो। लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्यो।’