2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

लुम्बिनी प्रदेश सभामा एमाले पहिलो दल, अरु दलबाट कति चुनिए ?

मङ्सिर ११, बुटवल | लुम्बिनीमा प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फ अन्तिम नतिजा आइसक्दा नेकपा एमाले ठूलो दल बनेको छ । प्रत्यक्षतर्फका ५२ क्षेत्रमध्ये एमालेले १८ सिट जितेर पहिलो दल बन्दा नेपाली कांग्रेस १७ सिट जित्दै दोस्रो दल बनेको छ । नेकपा माओवादी केन्द्रले जम्मा पाँच सिट जितेर तेस्रो बनेको छ ।


यस्तै, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीले समान दुई/दुई सिट जितेका छन् भने माओवादीबाट विद्रोह गरेका तीनजना स्वतन्त्र उम्मेदवारले समेत जितेका छन् ।
सिके राउत नेतृत्वको जनमत पार्टीले पनि एक सिट जितेर प्रदेश सभामा उपस्थिति जनाएको छ । २०७४ को निर्वाचनमा प्युठानबाट एक सिट जितेको राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीले भने प्रत्यक्षतर्फ एक सिट पनि जित्न सकेनन् ।
यस्तो छ दलगत उपस्थिति :
नेकपा एमाले 
१. लिला गिरी-रुपन्देही २(१)
२.भोजप्रसाद श्रेष्ठ-रुपन्देही २(२)
३. तुल्सीप्रसाद चौधरी-रुपन्देही-३(२)
४. भुमिश्वर ढकाल-रुपन्देही ५(१)
५.चिन्तामणि पाण्डे-गुल्मी १(१)
६.डिल्लिराज भुसाल-गुल्मी २(१)
७. दिनेश पन्थी-गुल्मी २(२)
८.राजुप्रसाद श्रेष्ठ-पाल्पा १(१)
९. खेमबहादुर सारु -पाल्पा १(२)
१०.चेतनारायण आचार्य-अर्घाखांची १(२)
११.राजजीप्रसाद घिमिरे-अर्घाखांची १(२)
१२.विष्णु पन्थी-कपिलवस्तु १(१)
१३.मधुशरणप्रसाद चौधरी-कपिलवस्तु १(२)
१४.नवराज लामिछाने-कपिलवस्तु २(१)
१५.अर्जुनकुमार केसी-कपिलवस्तु ३(१)
१६.तुल्सीराम शर्मा-प्युठान १9१)
१७.दुर्गाप्रसाद चौधरी-बांके १(२)
१८.रत्नबहादुर खत्री-बांके ३(१) ।
नेपाली कांग्रेस 
१.विश्वप्रेम पाठक-नवलपरासी १(१)
२.देवकरणप्रसाद कलवार- नवलपरासी १(२)
३.अब्दुल रज्जाक गद्दी-रुपन्देही १(२)
४.वसिउद्दिन खां-रुपन्देही ४(२)
५.सुधाकर पाण्डे -कपिलवस्तु २(२)
६.सरोज थापा -रोज राणा)-प्युठान १ (२)
७.अनुराग खड्का-दाङ १(२)
८.राजु खनाल-दाङ २(१)
९.प्रचण्डविक्रम न्यौपाने -दाङ २(२)
१०. डिल्लीबहादुर चौधरी-दाङ ३(१)
११.बादशाह कुर्मी-बांके ३(२)
१२.धनबहादुर केसी-रुकुमपुर्व १(२)
१३.भुवनेश्वर चौधरी-बर्दिया १(१)
१४.जन्मजय तिमिल्सेना-बर्दिया २(१)
१५.बीरबहादुर राना-पाल्पा २(१)
१६.धनेन्द्र कार्की-गुल्मी १(२)
१७.बैजनाथ कलवार जैसवाल-नवलपरासी २(२)
नेकपा माओवादी केन्द्र
१.जोखबहादुर महरा-रोल्पा १(१)
२.इन्द्रजित थारु -दाङ १(१)
३.कृष्णा केसी-बांके १(१)
४.तुलाराम घर्ती-पाल्पा २(२)
५.धनबहादुर मास्की-दाङ ३(२)
जनता समाजवादी पार्टी
१.भण्डारीलाल यादव-बाँके २(१)
२.आदेशकुमार अग्रवाल-बाँके २(२)
लोकतान्त्रिक समाजवादी पार्टी
१.सन्तोष पाण्डे -रुपन्देही ३ (१)
२.कन्हैया बनिया-रुपन्देही ४(१)
राष्ट्रिय प्रजातन्त्र पार्टी
१.आशिषकुमार चौधरी-रुपन्देही १(१)
२.जानकीप्रसाद यादव-कपिलवस्तु ३(२)
नागरिक उन्मुक्ति पार्टी
१.राजकुमार चौधरी-बर्दिया १ (२)
२.धर्मबहादुर चौधरी-बर्दिया २ (२)
जनमत पार्टी
१.चन्द्रकेश गुप्ता-रुपन्देही ५(२)
स्वतन्त्र (सबै माओवादीका बागी)
१.दीपेन्द्र पुन-रोल्पा १(२)
२.सरुल पुन-रुकुमपुर्व १(१)
३.खड्ग बस्नेत-नवलपरासी २(२)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक