१६ माघ २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक्लो विद्यार्थी पढाउँदै एक्ली शिक्षिका

१९ मंसिर २०७९, सोमबार ०८:४८

मङ्सिर १९, काठमाडौँ | वनको माँझमा एउटा सानो गाउँ छ । त्यही गाउँ छेउमा कक्षा ५ सम्म पढाउने एउटा पुरानो विद्यालय छ । विद्यार्थीको पर्खाइमा विद्यालयका कक्षाकोठाका ढोका सधैँ खुला हुन्छन् । उनीहरुका लागि बनाइएका डेस्क–बेञ्च भरिभराउ भए पनि त्यहाँ बसेर पढ्ने विद्यार्थी एक जनाबाहेक अरु कोही छैनन् । विद्यार्थीको अभावमा विद्यालय नै रित्तिएको छ ।  

पर्वतको मोदी गाउँपालिका चित्रेमा रहेको दुर्गा भवानी प्राथमिक विद्यालय विसं २०४० मा स्थापना भएको हो । विगतमा विद्यार्थीको सङ्ख्या बाक्लै भए पनि यस वर्ष शिशु कक्षामा पढ्न एक्ला विद्यार्थी नीरज लम्साल मात्र आउने गरेका छन् । 


 विद्यालयमा  विद्यार्थी लम्साल र शिक्षिका ठाकुकुमारी केसी मात्रै हुनुहुन्छ । विद्यालयमा विद्यार्थी आए वा नआए पनि हरेक दिन विद्यालय पुग्नु केसीको दिनचर्या हो ।  त्यहाँका एक शिक्षिका र कार्यालय सहयोगी गत वर्ष काजमा खटिएपछि शिक्षिका केसी एक्लै हुनुभएको हो । 

“गत वर्षसम्म १०÷१५ विद्यार्थी नियमित पढ्न आउँथे”, उहाँले भन्नुभयो, “गाउँबाट बसाइँसराइ गर्ने बढेका छन्, विद्यालय आउन खोला तर्नुपर्छ  तर बर्खामा तर्न सकिँदैन । पुल नहुँदा विद्यार्थी नजिक  छाडेर टाढाको विद्यालय जानुपर्ने अवस्था छ ।” 

विद्यार्थीविनाको विद्यालयमा आउँदा धेरै नरमाइलो लाग्ने गरेको शिक्षिका केसीले सुनाउनुभयो । चाँडै गाउँपालिकाले कतै व्यवस्थापन गर्दिए हुन्थ्यो भन्ने आफ्नो  चाहना रहेको उहाँले स्ुनाउनुभयो । विद्यालय नजिकको गाउँ हिले, दराक, लम्सालथर, पङ्गालीथर, रेग्मीथर, सरादेखोलालगायत स्थानका विद्यार्थी पढ्न आउने गरेकामा अहिले उनीहरु एक घण्टा टाढाको विद्यालयमा पुग्छन् । 

विद्यार्थी नभएको बहानामा विद्यालयलाई अन्यत्र गाभ्ने कुरा गाउँका लागि उचित नहुने स्थानीयवासीको भनाइ छ । “गाउँको ७० घरका  विद्यार्थी पढ्ने एक्लो विद्यालय हो”, स्थानीयवासी शेरबहादुर केसीले भन्नुभयो, “विद्यालय आउने  खोलामा पुल, सहज बाटो निर्माण र  अङ्ग्रेजी माध्यमबाट पठनपाठन  गर्न पालिकामा छलफल भइरहेको छ ।”

गाउँपालिकाले अरु विद्यालयमा विद्यार्थीको सङ्ख्या ज्यादै न्यून भएकाले तिनलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेमा छलफल भइरहेको बताएको छ । “एक विद्यार्थी भए पनि पढ्न पाउने अधिकारबाट बञ्चित हुनु हुँदैन”, गाउँपालिकाकी अध्यक्ष हिरादेवी शर्माले भन्नुभयो, “बसाइँसराइले विद्यार्थी पाउन मुस्किल छ । केही ठाउँमा विद्यार्थीलाई शिक्षक चित्तबुझ्दो नभएर समस्या छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिरहामा सवारी दुर्घटनामा परि एक मजदुरको मृत्यु अमेरिकी सहयोग रोक्ने ट्रम्प प्रशासनले जारी गरेको आदेश अदालतले रोक्यो भारतको कुम्भमेलामा भागदौड मच्चिदा, कैयौँ मानिसको मृत्यु भएको आशंका विभिन्न कार्यक्रम गरी आज सहिद दिवस मनाइँदै अमेरिकी डलरको मूल्य बढ्यो, यस्तो छ बुधबारको विनिमयदर मौसम :तराईमा हुस्सु, कोशी,कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्का वर्षाको सम्भावना चन्द्रागिरी–२ का वडाध्यक्ष भाइकृष्ण तामाङ भ्रष्टाचारी ठहर सरकारले ल्याएको अध्यादेश प्रतिगमनतिरको यात्रा भएको प्रचण्डको आरोप चीनका आकाशमा हवाई ट्याक्सीहरू लोकप्रिय सामाजिक सञ्जाल प्रयोगकर्ताले यी १२ शर्त पूरा नगरे १ करोडसम्म जरिवाना क्यानडा पठाइदिन्छु भन्दै अनलाइनमार्फत ६६ लाख ठगी, भारतीयसहित ५ जना पक्राउ आशिका तामाङविरुद्ध अदालतमा मुद्दा दर्ता, शुक्रबार थुनछेक ‘एक्टर टेक वान’ को रिलिज २२ गतेसम्म रोक्न अदालतको अल्पकालीन आदेश आफूमाथिको आरोप पुष्टि गर्न पत्रकार महासंघलाई हर्क साम्पाङको चुनौती धरौटी बदर गर्न माग गर्दै रविले दिएको निवेदनमा कैफियत प्रतिवेदन माग्‍ने आदेश भारतीय धार्मिक समारोहमा प्लेटफर्म भत्किँदा ५ जनाको मृत्यु साँगाको झोलुङ्गे पुलमा गरेको उपद्रोमा आशिकालाई म्याद थपको तयारी अछाममा फुपू-भदैनी मृत्यु प्रकरण: घटनास्थलमा किशोरीहरूले प्रयोग गर्ने मोबाइल फेला, ७ जनाविरुद्ध जाहेरी राष्ट्रव्यापीरुपमा शहीद दिवस मनाउने सरकारको निर्णय आशिका तामाङमाथिको ज्यादती बन्द गर : सोविता गौतम