Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

गुल्मीमा ५ युवाद्वारा महिलामाथि सामुहिक बलात्कार

By kit

प्रेम सुनार/असोज २०, गुल्मी ।  केहि दिन अघि मानसिक सन्तुलन ठिक नभएकी एक महिलालाई सामुहिक वलात्कार गरेको अभियोगमा गुल्मीका ५ जना  युवा प्रहरीद्धारा पक्राउ परेका छन् ।

असोज १५ गते साँझ करिव ७ वजेको समयमा मुसिकोट नगरपालिका वडा नम्वर–१ थामडाँडास्थित कोदोवारीमा अन्दाजी ३५ वर्षिया ‘गुल्मी ४७ ( एस ) ’नाम परिवर्तित महिलालाई वलात्कार गरेको अभियोगमा ५ जना युवालाई पक्राउ गरी आज शुक्रबार  जिल्ला  अदालतमा म्याद थपिएको जिल्ला  प्रहरी कार्यालय गुल्मीका प्रवत्ता डिएसपी गंगाबहादुर थापाले जानकारी दिए ।

‘हामीले कतै सुचना पाएर गएका होईनौ, गस्ती गर्ने क्रममा  त्यस स्थानमा कुनै न कुनै प्रकारको अपराध भएको पाएपछि तलासी गर्दै जाँदा ति महिला बलात्कारको शिकार भएको पाईए पछि अभियुक्त युवा पाँच जनालाई पक्राउ गरेका हौं, डिएसपी थापाले भने–‘आजै अदालतमा म्याद थप गरी अनुसन्धान अगाडी  बढाएका  छौं ।’

उनका अनुसार बलाात्कार अभियोगमा म्सिकोट नगरपालिका  वडा नम्वर–१ ढाँडा निवासी वर्ष १६ का बुद्ध नेपाली, सोही उमेरका रेशम नेपाली , सुरेश  नेपाली, वर्ष १८ का हरि खत्री र वर्ष २४ का धुर्व थापालाई प्रहरीले पक्राउ गरेको छ । अभियोगी पाँचै जना प्रहरी हिरासतमा  रहेका छन् ।

पहिलो स्थानमा कोदोवारी माडिएको थियो । त्यस भन्दा तल्लो थप माड्रिएको कोदोवारीमा  ति महिला बेहोस अवस्थामा थिईन् । प्रहरी श्रोतका अनुसार ति महिला मानसिक सन्तुलन गुमाएकी महिला हुन् ।

त्यस दिन मुसिकोट नगरपालिका १ को थामडाँडास्थित छत्रदेवी कोटमा सराएँ नाच चलेको थियो । साँझ अवेर सम्म सराएँ हेर्न आएका मानिसहरुको ठुलो चहल पहल थियो । घटना स्थल नजिकैका पसलहरुमा मदिरा बेचविखन व्याप्त थियो ।