2026-07-25 04:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही

2026-07-02

काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र (ज्ञानबहादुर) शाहीले गणतन्त्रविरुद्ध गतिविधि गर्नेलाई जेल हाल्ने कानून ल्याउन लागिएको भन्दै चर्को विरोध गरेका छन् । राज्यविरुद्धको कसुरसम्बन्धी प्रस्तावित कानूनले नागरिक स्वतन्त्रता र लोकतान्त्रिक अधिकारमाथि अंकुश लगाउने खतरा रहेको उनको भनाइ छ । बिहीबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद शाहीले नेपालको संविधान वा लोकतान्त्रिक गणतन्त्रविरुद्ध गतिविधि गर्ने, गराउने वा बल प्रयोग गर्नेलाई राज्यविरुद्धको कसुर मानी २५ वर्षसम्म कैद सजायको व्यवस्था गर्न खोजिएको उल्लेख गर्दै त्यसले शान्तिपूर्ण राजनीतिक असहमति र संविधान संशोधनको मागसमेत अपराधका रूपमा व्याख्या हुने अवस्था सिर्जना गर्न सक्ने बताए ।

शाहीले लोकतन्त्रमा सरकारको समर्थन र विरोध दुवै गर्न पाइने भन्दै गणतन्त्रको पक्षमा बोल्न पाइने भए त्यसको आलोचना गर्न पनि पाउनुपर्ने धारणा राखे । प्रदेश संरचना खारेज गर्ने वा संविधान संशोधनको माग गर्ने विषय राजनीतिक अभिव्यक्तिको अधिकारभित्र पर्ने र त्यसलाई राज्यविरुद्धको अपराध बनाउन नहुने उनको भनाइ थियो । शाहीले सरकारको आलोचना देशद्रोह नभएको, असहमति अपराध नभएको र फरक विचार राष्ट्रविरोधी नहुने उल्लेख गर्दै जनताको आवाजलाई कानूनको डर देखाएर दबाउने प्रयास लोकतन्त्रको रक्षा नभई लोकतन्त्रको घाँटी निमोठ्ने प्रयास भएको टिप्पणी गरे ।

‘हिजो प्रतिशोधको राजनीति भयो भनेर आलोचना गर्नेहरू आज सरकारमा पुगेपछि जनताको मुख बन्द गर्ने कानून बनाउन अग्रसर हुनु यो अत्यन्त दु:खद् कुरा हो, यहाँ भन्दा ठूलो दु:खद् कुरा अरु हुन सक्दैन, अर्को विषयवस्तु हुन सक्दैन’, शाहीले भने, ‘लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ । गणतन्त्रको पक्षमा बोल्न पाइन्छ भने यसको आलोचना गर्न पनि पाइन्छ ।’

उनले संविधानसँग बाझिने, नागरिक स्वतन्त्रता संकुचित गर्ने तथा लोकतान्त्रिक अधिकारमाथि अंकुश लगाउने कुनै पनि विधेयक संसद्‌मा नल्याउन सरकारसँग आग्रह गरे । संसद् जनताको आवाज सुन्ने थलो भएको स्मरण गराउँदै शाहीले जनताको मुख बन्द गर्ने थलो नभएको टिप्पणी गरे । शाहीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको सरकारले समेत यस्तो कानून ल्याउन हिम्मत नगरेको उल्लेख गरे ।

‘विदेशबाट आयातित व्यवस्थाका प्रमुख पात्र तथा दश वर्ष सशस्त्र युद्धको नेतृत्व गर्नुभएका पुष्पकमल दाहाल प्रचण्डले समेत हिम्मत गर्नुभएको थिएन, तर आज यो सरकारले हिम्मत गरेको छ’, शाहीले भने, ‘यो सरकारलाई सोध्न चाहन्छु, तपाईंलाई जनताले बहुमत दियो, तपाईंले बहुमत जनताको मुख थुन्न भनेर दिएको होइन । एकपटक आफूलाई भोट हाल्ने मतदातालाई गएर सोध्न अपिल गर्न चाहन्छु ।’

सांसद शाहीले यस्ता मस्यौदाले मुलुकलाई प्रजातान्त्रिक मूल्य र मान्यताविपरीत दिशातर्फ लैजान सक्ने भन्दै विधेयक तयार गर्नुअघि अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सरकारलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध र सशक्त बनाउनुपर्छ : पुष्पकमल दाहाल भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली