मङ्सिर २०, काठमाडौँ | सार्वजनिकस्थलबाट नक्कली सुकुम्बासीलाई हटाउनुपर्ने भन्दै मंगलबार काठमाडौं महानगरपालिका कार्यालयअगाडि धर्ना दिइएको छ ।

सुकुम्बासीका नाममा सार्वजनिक जग्गा अतिक्रमण भइरहेकाले नक्कली सुकुम्बासीलाई हटाउनुपर्ने भन्दै उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिको अगुवाइमा धर्ना दिइएको हो ।

समितिले सही सुकुम्बासी पहिचान गरी उचित व्यवस्थापन गर्नुपर्ने र नक्कली सुकुम्बासीलाई हटाउनुपर्ने माग गरेको छ ।

यस्तै, समितिले सुकुम्बासीका नाममा भइरहेको राजनीतिलाई अन्त्य गर्नुपर्नेमा जोड दिएको छ ।

धर्नामा सहभागीहरूले ‘सुकुम्बासीको नाममा राजनीति गर्न पाइँदैन’, ‘भूमि भएका कसरी सुकुम्बासी हुन्छ ?’ लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

समितिले सरकारी जग्गाको अतिक्रमण रोक्नुपर्ने र सही सुकुम्बासी पहिचान गर्नुपर्ने भन्दै महानगरमा ज्ञापनपत्र समेत बुझाएको छ ।

Related News