२०८३, २ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रामचन्द्र पौडेलले त्यसै देउवाको समर्थन गरेका होइनन्, त्यसको कारण छ : प्रवक्ता महत

२०७९, ५ पुष मंगलवार १०:३९

पुस ५, काठमाडौँ | नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले शेरबहादुर देउवाको नेतृत्व अहिलेको आवश्यकता भएको बताएका छन्। सिंहदरबारमा रहेको पार्टीको संसदीय दलको कार्यालयमा मनोनयन दर्ता कार्यक्रमबिच उनले यस्तो बताएका हुन्।

कांग्रेसको संसदीय दलको नेताका लागि प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दिएका छन्।


संस्थापन पक्षमा रहेका महतले देउवाले पार्टी भित्र र अन्य दलसँग सन्तुलन मिलाउन नै फेरि पनि संसदीय दलमा उम्मेदवारी दिएको बताए।

भने, 'यो आवश्यकताको सिद्दान्तले चल्छ। कोहि बारम्बार हुन्छ कोहि हुँदैनन्। परिपक्क र सबैलाई जोड्न सक्ने नेताको आवश्यकता छ। अहिले सुझबुझको नेतृत्व आवश्यक छ,' उनले भने।

देउवालाई पार्टी र अन्य दलले पनि स्वीकार्ने अवस्था रहेको भन्दै उनले थप भने, 'अहिलेको आवश्यकता छ भनेर उहाँले उम्मेदवारी दिनु भएको छ। रामचन्द्र पौडेलले यतिकै प्रस्ताव गर्नुभएको होइन त्यसको कारण छ।'

देउवालाई संसदीय दलको नेतामा मनोनयनका लागि पूर्णबहादुर खड्का समर्थक बसेका छन् भने रामचन्द्र पौडेलले समर्थन गरेका छन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट