१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रामचन्द्र पौडेलले त्यसै देउवाको समर्थन गरेका होइनन्, त्यसको कारण छ : प्रवक्ता महत

५ पुष २०७९, मंगलवार १०:३९

पुस ५, काठमाडौँ | नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले शेरबहादुर देउवाको नेतृत्व अहिलेको आवश्यकता भएको बताएका छन्। सिंहदरबारमा रहेको पार्टीको संसदीय दलको कार्यालयमा मनोनयन दर्ता कार्यक्रमबिच उनले यस्तो बताएका हुन्।

कांग्रेसको संसदीय दलको नेताका लागि प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दिएका छन्।


संस्थापन पक्षमा रहेका महतले देउवाले पार्टी भित्र र अन्य दलसँग सन्तुलन मिलाउन नै फेरि पनि संसदीय दलमा उम्मेदवारी दिएको बताए।

भने, 'यो आवश्यकताको सिद्दान्तले चल्छ। कोहि बारम्बार हुन्छ कोहि हुँदैनन्। परिपक्क र सबैलाई जोड्न सक्ने नेताको आवश्यकता छ। अहिले सुझबुझको नेतृत्व आवश्यक छ,' उनले भने।

देउवालाई पार्टी र अन्य दलले पनि स्वीकार्ने अवस्था रहेको भन्दै उनले थप भने, 'अहिलेको आवश्यकता छ भनेर उहाँले उम्मेदवारी दिनु भएको छ। रामचन्द्र पौडेलले यतिकै प्रस्ताव गर्नुभएको होइन त्यसको कारण छ।'

देउवालाई संसदीय दलको नेतामा मनोनयनका लागि पूर्णबहादुर खड्का समर्थक बसेका छन् भने रामचन्द्र पौडेलले समर्थन गरेका छन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह