By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    6 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    7 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    12 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    1 day ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    12 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: सन्दर्भ विश्व दृष्टि दिवसः दृष्टि सुरक्षित राख्नु नै उज्यालो भविष्यको पहिलो कदम
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > सन्दर्भ विश्व दृष्टि दिवसः दृष्टि सुरक्षित राख्नु नै उज्यालो भविष्यको पहिलो कदम
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

सन्दर्भ विश्व दृष्टि दिवसः दृष्टि सुरक्षित राख्नु नै उज्यालो भविष्यको पहिलो कदम

साझासवाल
Last updated: October 9, 2025 12:02 pm
साझासवाल
6 Min Read
Share

काठमाडौँ | ‘आफ्नो आँखालाई माया गरौँ’ भन्ने नाराका साथ आज नेपालसहित विश्वभर नै विश्वदृष्टि दिवस मनाइँदैछ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व दृष्टि दिवसका रुपमा विविध कार्यक्रम आयोजना गरी विश्वभर नै मनाउने गरिन्छ ।

यस वर्षको नाराले व्यक्तिगत दृष्टि स्वास्थ्यलाई प्राथमिकता दिने र सबैका लागि सर्वसुलभ र गुणस्तरीय आँखा उपचार सेवा सुनिश्चित गर्ने रहेको छ । सन् १९९८ को अक्टोवर ८ गतेदेखि विश्व स्वास्थ्य सङ्गठन तथा अन्धोपन न्यूनीकरण कार्यमा संलग्न अन्तरराष्ट्रिय गैरसरकारी संस्थाको छाता सङ्गठन (International Agency for the Prevention of Blindness- IAPB) ले संयुक्त रुपमा मनाउन सुरु गरेको विश्व दृष्टि दिवसले विश्वमा अन्धोपनको कारक तथा यसको न्यूनीकरणका उपायहरुका सम्बन्धमा आम जनसाधारणसम्म सूचना र जानकारी प्रवाह गरी सचेतना अभिवृद्धि गर्ने कार्यमा सरोकारवाला सबैलाई अझ बढी प्रेरित र प्रोत्साहित गर्ने गरिन्छ ।

हामी आँखा स्वास्थ्य क्षेत्रमा संलग्नहरुका लागि यो दिन अझ विशेष र महत्वपूर्ण दिन पनि हो । विश्व दृष्टि दिवसका अवसरमा विभिन्न देशका संस्था, स्वास्थ्यकर्मी र अभियन्ताहरूले आँखाको हेरचाह र नियमित स्वास्थ्य परीक्षणको महत्वबारे जनस्तरमा सचेतना फैलाउँछन् । विश्वभर फैलिने यस अभियानले सरकार र नीति निर्माताहरूले आँखा स्वास्थ्यलाई प्राथमिकता दिनुपर्छ भनि सचेत गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

समयमै उपचार र नियमित आँखाको जाँचले दृष्टि गुम्ने जोखिम घटाउनुका साथै शिक्षा, रोजगारी र समग्र आर्थिक सम्भावनालाई पनि मजबुत बनाउँछ । दृष्टि हाम्रा अवसरहरूको ढोका हो— त्यसैले आँखाको हेरचाहलाई हाम्रो दैनिक जीवनको अङ्ग बनाउनु आवश्यक छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०५० सम्म विश्वका करिब ५० प्रतिशत मानिसमा दृष्टिदोषको समस्या देखिन सक्ने अनुमान गरिएको छ । यस जोखिमलाई रोकथाम र न्यूनीकरण गर्नका लागि सबै पक्षबीच सहकार्य गर्दै समुदायस्तरमै आँखासम्बन्धी जनचेतना अभिवृद्धि गर्न आवश्यक छ ।

आँखाको समस्या केवल दृष्टिसँग मात्रै सीमित हुँदैन, यसले व्यक्तिको सिकाइ, मानसिक स्वास्थ्य र समग्र जीवनस्तरमा पनि प्रत्यक्ष प्रभाव पार्छ । यसैले बालबालिकाको दृष्टि स्वास्थ्यमा विशेष ध्यान दिनु जरुरी छ । नवजात शिशु जन्मिएको एक महिना, छ महिना र एक वर्षमा आँखा परीक्षण गराउनुपर्दछ । साथै बालबालिकालाई विद्यालय भर्ना गर्नुअघि र हरेक वर्ष कम्तीमा एक पटक आँखा परीक्षण गराउनु उपयुक्त मानिन्छ । समयमै समस्या पहिचान भएमा यसले दृष्टि गुम्ने जोखिम धेरै नै न्यून हुन्छ ।

आँखाको उपचार केवल चिकित्सकीय उपचारमा सीमित नभइ समग्र विकाससँग पनि प्रत्यक्ष रूपमा जोडिएको छ । दिगो विकासका १७ लक्ष्यमध्ये आठ वटा लक्ष्यहरू आँखा स्वास्थ्यसँग प्रत्यक्ष रूपमा सम्बन्धित छन् — गरिबी न्यूनीकरण, गुणस्तरीय शिक्षा, लैङ्गिक समानता, मर्यादित रोजगारी, असमानता न्यूनीकरण तथा दिगो समुदाय विकासजस्ता क्षेत्रमा दृष्टि स्वास्थ्यले महत्वपूर्ण योगदान पु¥याउँछ ।

एक तथ्याङ्क अनुसार केवल एउटा चस्माको प्रयोगले पनि कामकाजी व्यक्तिको उत्पादकत्वमा २२ प्रतिशत र विद्यार्थीको अध्ययन सफलतामा ४४ प्रतिशतसम्म सुधार ल्याउन सकिन्छ । त्यसैले, आँखाको हेरचाहलाई व्यक्तिगत होइन, सामाजिक प्राथमिकताको रूपमा लिनु आजको आवश्यकता हो ।

नेपालले आँखा उपचार क्षेत्रमा गरेका कामको प्रगतिको अहिले विश्व समुदायमै प्रशंसा हुने गरेको छ । नेपालको सरकार र गैर सरकारी संस्थाको साझेदारीमा सञ्चालित आँखा स्वास्थ्य सेवालाई विश्वमा नै अनुकरणीय उदाहरणका रुपमा लिने गरिन्छ ।

विगतका दशकको तुलनामा दुबै आँखा नदेख्ने दृष्टिविहीनहरुको अनुपातमा उल्लेख्य कमि आएको छ ९सन् १९८१ मा गरिएको सर्वेक्षणमा अन्धोपनको अनुपात ०।८४ प्रतिशत रहेकोमा सन् २०२१ मा यो घटेर ०।२८ प्रतिशतमा रहेको छ० । तर दृष्टि क्षमता कम भएका तथा न्यून दृष्टिको अनुपात भने उल्लेख्य रुपमा बढिरहेको पाइएको छ ।आँखासम्बन्धी विश्व स्वास्थ्य सङ्गठनले दिएको मार्गदर्शन तथा नीतिहरुलाई हाम्रो देशले पनि आत्मसात गर्दै आएको छ । नेपाल सरकारको विश्व स्वास्थ्य सङ्गठनको महासभाद्वारा पारित Integrated People Centre Eye Care को उद्देश्यलाई अवलम्बन गरी आँखा स्वास्थ्य रणनीति तयार गरिसकेको छ । सन् २०३० सम्ममा विश्वव्यापी लक्ष्यलाई प्राप्त गर्ने गरी कार्ययोजना तर्जुमा गर्ने कार्यसमेत भइरहेको छ । संयुक्त राष्ट्र सङ्घको २०२१ को महासभामा Vision for everyone सबैका लागि दृष्टि तथा दिगो विकासका लक्ष्य प्राप्तिमा आँखा स्वास्थ्यको महत्वपूर्ण भूमिका रहेको महसुस गरिएको परिपेक्ष्यमा आगामी दिनमा पनि नेपालको आँखा स्वास्थ्य सेवालाई सर्वसुलभ सबैको पहुँचमा पु¥याइ दिगो विकासको स्वास्थ्यसम्बन्धी लक्ष्य प्राप्त गर्न हामी एक सेवा प्रदायकका रुपमा कटिबद्ध छौँ ।

आज विश्व दृष्टि दिवस मनाइरहँदा आँखा स्वास्थ्यका क्षेत्रमा थपिँदै गएका नयाँ नयाँ चुनौतीलाई आँकलन गर्नुपर्ने खाँचो छ । बढ्दो जनसङ्ख्या वृद्धि दर, औसत आयुमा वृद्धि, प्रविधिको अत्यधिक प्रयोग, वातावरणीय जोखिमयुक्त बसोबास, आधुनिक खानपान आदि कारणबाट आँखा स्वास्थ्यमा पर्न जाने नकारात्मक असर र उत्पन्न हुने नयाँ नयाँ आँखा रोगको निवारणका लागि पूर्वतयारी र आवश्यक रोकथामका विधिको विकासमा समयमै ध्यान नदिने हो भने हाम्रा आजसम्मका उपलब्धिको महत्व न्यून हुन जाने छ ।

आगामी दिनहरूमा आँखासम्बन्धी समस्याको प्रभावकारी समाधानका लागि रोकथाम र जोखिम न्यूनीकरणमा ध्यान दिनु अत्यावश्यक छ । यसका साथै, आँखाको स्वास्थ्यबारे जनचेतना अभिवृद्धि गर्न तीनै तहका सरकार ९सङ्घीय, प्रदेश तथा स्थानीय तह०बीच सशक्त समन्वय, लगानी र सक्रिय भूमिका अपरिहार्य छन् ।

त्यसैले सबै सम्बद्ध निकायहरूले आ–आफ्नो तह र जिम्मेवारी अनुसार प्राथमिकता निर्धारण गरी कार्यान्वयनतर्फ अघि बढ्नु आवश्यक छ । दृष्टि केवल हेर्ने क्षमता होइन, यो जीवनको उज्यालो हो । त्यसैले, आफ्नो आँखालाई माया गरौँ, नियमित जाँच गरौँ, र अरूलाई पनि आँखाको हेरचाहमा सचेत बनाऔँ । दृष्टि सुरक्षित राख्नु नै उज्यालो भविष्य निर्माणतर्फको पहिलो कदम हो त्यसैले आँखा उपचारका क्षेत्रमा सबैले हातेमालो गरौँ । सम्पूर्णमा विश्व दृष्टि दिवसको हार्दिक शुभकामना । (लेखक डा मिश्र नेपाल नेत्रज्योति सङ्घका कार्यकारी निर्देशक हुनुहुन्छ )

Share This Article
Facebook Email Copy Link Print
Previous Article सुनको मूल्य निरन्तर अकासिँदो
Next Article बाढीपहिरोका कारण तीन प्रदेशका नौ राजमार्ग अवरुद्ध

You Might Also Like

अर्थ/विकासकाठमाडौँ - KTMमुख्य समाचार

नेप्से परिसूचक आठ दशमलव ५७ अङ्कले घट्यो

1 year ago
काठमाडौँ - KTMसमाज

काठमाडौँको प्रदुषण : विद्यालय बन्द गर्ने सरकारको तयारी

57 years ago
राजनीति

सहुलियतपूर्ण कर्जा प्राप्त गरेका ऋणीको छुट्टाछुट्टै विवरण सार्वजनिक गर्न राष्ट्र बैंकको निर्देशन

11 months ago
काठमाडौँ - KTMसमाज

स्वास्थ्य कर कोषको रकम पाउन संस्थाको निवेदन

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?