९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रवि लामिछानेको ठाउँमा उमेश श्रेष्ठ स्वत: हुन्छन् त सांसद?

२२ माघ २०७९, आईतवार ०९:३६

माघ २२, काठमाडौँ | प्रतिनिधि सभा सदस्य निर्वाचनमा चितवन-२ बाट  नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका उमेश श्रेष्ठले आफूलाई सांसद कायम गराउन दाबी गरेका छन्। आइतवार निर्वाचन आयोग पुगेर सांसद कायमका लागि आफूले दाबी पेश गरेको श्रेष्ठले बताए। 


'लामिछाने जीलाई पनि अन्याय भयो। त्यतिबेला अनिर्णय हुँदा उहाँको पनि उपप्रधान सहित मन्त्री पद पनि गयो। त्यसैले फेरि चुनावमा जानुभन्दा दोस्रो म भएकाले सांसद कायम गर्न मेरो माग हो,' उनले भने। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको माघ ३ गते सर्वोच्च अदालतले सांसद पद खारेज गरेको थियो। लामिछानेको सांसद पद खारेज भएपछि चितवन-२ रिक्त अवस्थामा छ। मंसिर ४ गते भएको निर्वाचनमा चितवन २ बाट रविले ४९ हजार ३०० मत पाउँदा उपविजेता बनेका श्रेष्ठले १४ हजार ९८८ मत पाएका थिए । त्यस्तै एमालेका कृष्णभक्त पोख्रेलले १४ हजार ६५२ मत पाएका थिए । राप्रपाका रविन अधिकारीले ९५५ मत ल्याएका थिए । रवि अनधिकृत ठहरिएपछि कांग्रेसका उमेश श्रेष्ठले आफू स्वतः विजेता घोषित हुन पाउनु पर्ने माग गरिरहेका छन् । यसअघि रवि लामिछानेविरुद्ध उम्मेदवारी खारेजीका लागि माग आयोगमा परेको भए पनि आयोगले भने रविलाई बचाएको थियो । 

सांसद कायम गराउन गर्दै श्रेष्ठले माग गरे पनि आयोगले भने उक्त क्षेत्रमा उप निर्वाचन गर्नुको विकल्प नभएको बताएको छ। 'शपथ लिएर संसदमा काम कारवाही गरिरहेको अवस्थामा सांसद पद खारेज भयो। जहाँसम्म यस्तो अवस्थामा उप निर्वाचन नै हुन्छ होला। यसबारेमा आयोगले अहिले नै केही निर्णयमा पुगेको स्थिति त छैन, 'आयोगका सह प्रवक्ता सूर्यप्रसाद अर्यालले भने।

के आधारमा गर्दै छन् श्रेष्ठले दाबी?

श्रेष्ठले लामिछानेका विरुद्धमा निर्वाचनकै बेला नागरिकता विवादमा उजुरी पर्दा आयोग चुप लागेकाले अहिलेको अवस्था आएको बताए। उनले अदालतले सांसद पद खारेज गरिसकेको अवस्थामा आफूलाई स्वत: सांसद कायम गराउनपर्ने स्थिति भएको बताएका छन्। 'सर्वोच्चबाट पुरै प्रक्रिया नै क्यान्सिल भइसकेपछि सेकेण्ड त म हो। एउटा नजिर त हुनुपर्‍यो। त्यतिबेलाको गल्तिले साराले दुख पाए। राज्यको पनि खर्च हुने भयो। यो अनिर्णयले गर्दा सबैलाई अन्याय भयो,' श्रेष्ठले भने। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो