८ असार २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

विपक्षको असहमतिकाबीच आजदेखि संसद् सञ्चालनको तयारीमा सत्तापक्ष

२६ जेष्ठ २०८२, आईतवार १३:३२

काठमाडौँ । भिजिट भिसा प्रकरणमा प्रतिपक्षी दलहरूको विरोध कायमै रहे पनि प्रतिनिधि सभा बैठक आजदेखि सञ्चालन गर्ने तयारीमा सत्तापक्ष पुगेको छ।

सभामुख देवराज घिमिरेको पहलमा सिंहदरबारमा प्रमुख तीन दलका प्रमुख सचेतकहरूबीच भएको छलफलपछि नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले सहमति भए पनि नभए पनि संसद्‌ अगाडि बढ्ने स्पष्ट संकेत दिएका छन्।

श्याम घिमिरेले भने, “विपक्षले सहयोग गरे संसद सहज ढंगले सञ्चालन हुनेछ। तर असहयोग भए पनि संसद् अगाडि बढ्नेछ। लामो समयदेखि संसद्‌ अवरुद्ध हुँदा आम जनतामा नकारात्मक सन्देश जान थालेको छ। संसद् सधैं अनिर्णयको बन्दी बन्नु उचित होइन।”

उनका अनुसार असहयोगका कारण केही कठिनाइ त आउन सक्छ, तर संसद् आजदेखि कार्यसूचीअनुसार अगाडि बढ्ने बताइएको छ।

यता, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पछिल्लो समय सूचना टाँस गरी बैठक स्थगित गर्ने अभ्यास अब दोहोरिने छैन भन्ने स्पष्ट पारे।

“हामीले अहिलेसम्म विपक्षको आग्रहमा बैठक स्थगित गर्दै आएका थियौं, तर अब बैठक नियमित रूपमा सञ्चालन हुनेछ,” उनले भने, “आजको बैठकमा बजेटमाथिको छलफल सुरु हुनेछ र संघीय निजामती सेवा विधेयक टेबल गरिनेछ। यसमा अपोजिसनले अवरोध गर्न खोज्नुहुन्न भन्ने लाग्छ । लामो समयसम्म हाउस बन्धक गर्ने पुष्टि उहाँहरूले दिइरहन सक्नुभएको छैन।”

सभामुख घिमिरेले पटक-पटक बैठक स्थगित भए पनि समाधानमा नपुगेको भन्दै प्रमुख दलका सचेतकहरूप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

यसैबीच, थप रणनीतिक छलफलका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विपक्षी दलहरूको छुट्टै बैठक आह्वान गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अवरुद्ध कालीगण्डकी करिडोर अझै खुलेन साधारण सेयर बिक्री गर्दै स्वस्तिक लघुवित्त भित्रियो मनसुन: कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना प्रतिनिधिसभाको बैठक बस्दै सुनचाँदी बजारः सुन बढ्यो, चाँदी घट्यो नाइजेरियामा आइएसआइएसको आक्रमण, ३४ सैनिकको मृत्यु टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु कालीगण्डकी ‘करिडोर’ अवरुद्ध, पहिरो रोकिएन नेपालको कम्युनिष्ट आन्दोलनले केपी ओलीलाई निरन्तर अध्यक्ष चाहिरहेको : विष्णु रिजाल बस्तीलाई भू–स्खलनबाट जोगाउन महिला सक्रिय चितवनमा भएको दुर्घटनामा मृत्यु हुनेमा एकै घरका ३ सदस्य,जसमा १ गर्भवती महिला सिजाङ सम्बन्ध सांस्कृतिक सप्ताह सुरु प्रतिनिधिसभा: १० मन्त्रालयका शीर्षकमाथि छलफल जारी सात ठाउँको अवरुद्ध सडक खुलाइयो, तीन ठाउँ अझै बाँकी प्रतिनिधिसभमा रास्वपाः प्रतिपक्षका पालोमा भित्र, सत्तापक्ष बोल्दा बाहिर बरहथवामा प्रहरी र स्थानीयबीच झडप, प्रहरीसहित १० जना घाइते गाजा युद्धले बाल स्वास्थ्यमा गम्भीर असर : युएन ‘यातायात क्षेत्रका समस्या समाधानमा सबैको सहयोग आवश्यक छ’: प्रदेश मन्त्री राय नेकपा एमालेका सचिव योगेश भट्टराईले मन्त्रीहरू संसदप्रति जिम्मेवार नभएको भन्दै आपत्ति इरानद्वारा इजरायली जासुसी सेवासँग सम्बन्धित २२ जना पक्राउ, थप गिरफ्तारीको आशंका