बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

Posted on: 20 Aug, 2021

भदौ ४, काठमाडौं । आज शुक्रबार सुनको भाउ बढेको छ । बिहिबार तोलाको ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले बढेर ९२ हजार २ सय रुपैयाँ पुगेको छ । 

तेजाबी सुनको भाउ पनि आज तोलामा ४ सय रुपैयाँले नै बढेर ९० हजार ७ सय रुपैयाँ पुगेको छ । आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर प्रतितोला ११ सय ९५ रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार १९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७७ हजार ७६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार २४ रुपैयाँ ५० कायम गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!