२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

समितिसमक्ष रविको बयान: मेरो पेटमा सहकारीको एक रुपैयाँ परेको छैन (बयानको पूर्णपाठ)

२०८१, ४ आश्विन शुक्रबार ०९:५२

असोज ४, काठमाडौं । सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष छानविन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । सूर्य थापा नेतृत्वमा रहेको समितिले पूर्ण प्रतिवेदन शुक्रबार सार्वजनिक गरेको हो । सो प्रतिवेदन ११ सय २४ पेज लामो छ ।

सार्वजनिक भएको प्रतिवेदनमा रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानको बयान पनि उल्लेख छ । बयानमा रविले आफ्नो पेटमा सहकारीको एक रुपैयाँ पनि नपरेको जिकिर गरेका छन् ।

समितिले लामिछानेलाई‘सहकारी समस्यामा परेपछि पोखरा महानगरपालिकाबाट भएको छानबिन प्रतिवेदनको वित्तीय विश्लेषण अनुसार सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थ लिमिटेड, पोखरामा मिति २०७७ चैत ३० मा गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा सूर्यदर्शन व्यावसायिक कर्जा शीर्षकमा १ करोडको ऋण कर्जा स्वीकृत गरी रु ९७ लाख ९५ हजार ग्लोबल आईएमई बैंकको अकाउन्टपेयी चेक नम्बर ३६२९१४७८ मार्फत भुक्तानी दिएको देखिन्छ । उक्त रकम गोरखा मिडिया नेटवर्क प्रालिमा के कुन आधारमा के कुन प्रयोजनका लागि लिनुभएको थियो ? सहकारी संस्थाबाट निजी कम्पनीले त्यसरी कर्जा लिन मिल्छ ?” भन्दै कयन प्रश्न गरेको थियो । जवाफमा उनले आफूले एक रुपैया पनि हिनामिना नगरेको जिकिगरेका छन् ।

‘मेरो पेटमा सहकारीको एक रुपैयाँ पनि परेको छैन, मैले ऋण लिएको प्रमाण पनि छैन । मेरो बैंक खातामा कुनै सहकारीबाट रकम जम्मा भएको छैन,’ संसदीय छानबिन विशेष समितिले लिएको बयानमा ५१ औं प्रश्नको जवाफमा उनले भनेका छन्, ‘म निर्दोष छु ।’

संसदीय छानबिन समितिले सहकारीमार्फत गोरखा मिडियामा गएको ६५ करोड रुपैयाँमा गोरखा मिडियाका तत्कालीन सञ्चालक जीबी राई, छविलाल जोशी बन्जाडे, कुमार रम्तेल र लामिछानेलाई जिम्मेवार ठहर्‍याउँदै कारबाही सिफारिस गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह